न्याय नपाएसम्म घर नफर्किने अडानसहित दोस्रो दिन पनि भारती मानन्धरकाे अनशन जारी

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । भारती शेर्पा ९मानन्धर०ले अनशनलाई दोस्रो दिन जारी राख्नुभएकाे छ। श्रीमान चेतन मानन्धरलाई न्यायको माग गर्दै बुधबारदेखि भारतीले काठमाडौंको माइतीघरमा अनशन थाल्नुभएकाे हाे। श्रीमान‍्का हत्यारा गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध भारतीले अनशन थाल्नुभएकाे हाे।

संविधान दिवसको अवसर पारेर पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालसहित ६ सय ७० जनालाई आममाफी दिएको थियाे।

भारतीले रिगललाई कैद सजाय मिनाह दिने राष्ट्रपतिको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट समेत दिनभएकाे छ।

रिटमाथि सुनुवाइका सोमबार र मंगलबार पेशी तोकिएपनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो। बुधबार अनशनस्थलबाटै सर्वोच्च पुगकी भारती तारेख बुझेर फर्किने क्रममा अदालत परिसरमै ढल्नुभएकाे थियाे। त्यसपछि उहाँलाई वीर अस्पताल लगिएको थियो। उपचारपछि आज उहाँले फेरि अनशन थाल्नुभएकाे हाे।

रिगलद्वारा खुँडा प्रहार गरी २९ असार २०७२ सालमा भारतीका श्रीमान् २९ वर्षीय चेतन मानन्धरको हत्या भएकाे थियाे। त्यसपछि कर्तव्य ज्यान मुद्दामा रिगललाई बाँके जिल्ला अदालतले २०७५ वैशाखमा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। भारतीले न्याय नपाएसम्म घर नफर्कने अडान लिनुभएकाे छ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन