fbpx

‘बालिनालीमा क्षति पुर्याउने बाँदरहरुको परिवार नियोजन उपयुक्त हुन्छ’:-आरजु राणा

author

समाचारपाटी

१ year अगाडि

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताउनुभएको छ । 

आईतवार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राख्नुभएको हो । उहाँले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताउनु भयो । उहाँले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ भन्नुपर्यो । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’

उहाँले बाँदर नियन्त्रणको सम्बन्धमा सरोकारवाला निकायलाई केही योजना ल्याउन लगाउनुपर्ने बताउनु भयो । 


काठमाडौं

बुधबार, मंसिर १९, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन