fbpx

माध्यमिक तह जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको प्रचार प्रसारका लागि विद्यालय देखि विद्यालय सम्म साइकल यात्रा

author

समाचारपाटी

१ year अगाडि

पोखरा । वैशाख २२ गते २५६७ औं वुद्ध जयन्तीको अवसरमा सिता एण्ड सन्सको आयोजनामा हुन गइ रहेको अन्तर माध्यमिक कास्की जिल्ला स्तरिय चित्रकला प्रतियोगिताको प्रचार प्रसार एवम् सफलता शुभकामना स्कुल बाट स्कुल सम्म साइकल यात्रा सम्पन्न भएको छ ।

८ वर्षिय बालिका आरोही बरालले साइकल चलाएर उद्घाटन गरेकाे साइकल यात्रा पोखरा ७ मासबार स्थित श्री कृष्ण मा.वि देखि सुरु भएको साइकल यात्रा छोरेपाटन , वयली , दोपहरे, क्रिस्ती , शिवालय , निर्मलपोखरी , साम्मि , जिब्रेढुङ्गा, सुरताने , डाडा गाम , वनपाले, बरविरता हुदै सेती नदि र सुरौदी खोलाको विचमा पोखरा ३३ भरतपोखरी स्थित श्री शान्ति उदय मा.वि , महारुद्र मन्दिर सम्म पुगेर सम्पन्न भएको थियो ।

साइकल सिटी पोखराको संयोजनमा ३९ जनाको साइकल यात्रीको टोलीलाई पोखरा ३३ का स्थानिय आमा समुह , युवा क्लब, स्काउट लगाएत विधालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थीहरुले फूल, मालाले भव्य स्वागत गर्दै खाना र विभिन्न सास्कृतिक नृत्यले मनोरञ्जन गराए । कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन आयोजक सिता एण्ड सन्सले स्लो साइकल रेस र स्थानियका लागि घैटो फुटाउने प्रतियोगिता गराएर विभिन्न पुरस्कारको पनि व्यवस्था गराएको थियोे ।

वैशाख २२ गते पोखरा ७ मासबार स्थित श्री कृष्ण मा.विमा हुने चित्रकला प्रतियोगितामा हरेक विद्यालयबाट कक्षा १० सम्मका १ जना र कक्षा ११÷१२ बाट १ जना गरि २ जना सहभागी हुन सक्ने आयोजक सिता एण्ड सन्सका संचालक रविश्वर आचार्यले जानकारी दिनुभयाे । चत्रकला प्रतियोगिताको संयोजन सृजनशिल कलाकार समुहले गर्नेछ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन