fbpx

विधान अधिवेशनको प्रश्ताव तयार पार्ने जिम्मेवारी पदाधिकारीलाई दिने माओवादी केन्द्रको निर्णय

author

समाचारपाटी

३ महिना अगाडि

नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रश्ताव तयार पार्ने जिम्मेवारी पार्टी पदाधिकारीहरुलाई दिएको छ । 

शुक्रवार र शनिवार २ दिन पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई अन्तिम रुप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो । बैठकमा नेताहरुबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा नेताहरुले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उनीहरुले पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औंल्याएको पनि प्रवक्ता सापकोटाले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘खासगरी केन्द्रिय समितिको बारेमा चाहीँ सबैको एकमत जस्तो भयो । १५१ जनाको प्रश्ताव भएको छ । त्यो ठिक छ भन्ने भयो । अब स्थायी समिति बैठक हिजो र आज जुन लक्ष्यका साथ बोलाइएको थियो । त्यो लक्ष्य पूरा भएको छ । बैठक निकै राम्रो भएको छ । भोलीबाट केन्द्रिय समिति छ । त्यसमा चाहीँ पार्टीको अभियानको समिक्षा हुन्छ । र विधान सम्मेलन १, २ र ३ मा हुन्छ । सोही विधान सम्मेलनमा प्रश्तुत गर्ने प्रश्तावलाई पास त त्यो त्यही सम्मेलनले गर्छ । त्यो प्रश्ताव चाहीँ तयार पार्नका लागि आज निकै राम्रो छलफल भएको छ । फेरि एक पल्ट आएका सबै सुझावहरुलाई संकेन्द्रण गरेर पदाधिकारीले एक गतेदेखि शुरु हुने विधान सम्मेलनमा प्रश्तुत गर्ने भन्ने निर्णय भएको छ आज । अब हिजो पनि भन्नुभएको र आज पनि भन्नुभएको कुरा के छ भने आर्थिक विकासमा चाहीँ एउटा र्याडिकल रिफर्म गर्नुपर्छ भन्ने छ । आर्थिक विकासमा ¥याडीकल रिफर्म भन्नाले निरन्तरतामा क्रमभंग गर्ने र त्यसपछि योजना निर्माण पनि नयाँ ढंगले गर्ने र त्यसैगरी बजेट निर्माणमा पनि नयाँ ढंगले तयारी गर्ने भन्ने छ । र पहिला चाहीँ प्रिबजेटमा छलफल हुन्थ्यो । चैत्रदेखि नै त्यो विषयमा छलफल गर्ने भन्ने भएको छ । कमिटी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ । र विधि, प्रक्रियालाई कडाईका साथ लागू गर्नुपर्छ । अनि यो विधान बनाउने कुरा पनि महत्वपूर्ण कुरा हो । विधान बनाउने भन्दा पनि लागू गर्ने कुरा धेरै गुणा महत्वपूर्ण कुरा हो भन्नेकुरा अधिकांश सदस्यहरुले राख्नुभएको छ ।’

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम मुलुकका आर्थिक अवस्थामा आमूल परिवर्तन हुनेगरी ल्याउने धारणा राख्नुभएको थियो । यसैबीच, माओवादी केन्द्रले केन्द्रिय समिति बैठक आईतवार (भोलि) बाट शुरु हुने भएको छ । बैठक पार्टीको विशेष रुपान्तरण अभियानको समिक्षामा केन्द्रित हुने पनि पार्टीका प्रवक्ता सापकोटाले बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक