fbpx

माओवादी केन्द्रको विधान अधिवेशनः सबै कमिटी प्रत्यक्ष निर्वाचित हुने, समय आएपछि नाम र चुनाव चिन्ह फेर्न सकिने

author

समाचारपाटी

३ महिना अगाडि

नेकपा (माओवादी केन्द्र)ले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ । माओवादी केन्द्रको बिहीबार सम्पन्न विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनु भयो । उहाँले पदाधिकारीमा भने केन्द्रिय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो । केन्द्रिय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाई छ । त्यस्तै विधान अधिवेशनले केन्द्रिय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ । आयोगहरुमा १५ जनासम्म सदस्य राख्ने भनिएको छ । प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुराहरुलाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताउनु भयो । अधिवेशनले पार्टीको नाम र चुनाव चिन्ह तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । 

अधिवेशनको निर्णय बारे जानकारी दिँदै प्रवक्ता सापकोटाले भन्नुभयो – ‘हरेक कमिटी प्रत्यक्ष निर्वाचनद्वारा गरिनेछ । प्रत्यक्ष निर्वाचनको ढोका खुलेको छ । सबै कमिटीमा प्रत्यक्ष निर्वाचन हुन्छ । केन्द्रिय कमिटीको निर्वाचन भइसकेपछि पदाधिकारी चाहीँ केन्द्रिय कमिटीले निर्वाचन गर्छ । सदस्यताको उमेर १८ वर्ष नै कायम गर्ने भन्ने भएको छ । केन्द्रिय समिति १९९ जनाको बनाउने भन्ने भएको छ । पदाधिकारी ११ जनाको बनाउने भन्ने भएको छ । आयोगहरुमा १५ जनासम्म राख्ने भन्ने भएको छ । कमिटी आगामी महाधिवेशनबाट बनाइने छ । योग्यता, कार्यविधि बारे नियमावलीमा प्रष्ट गरिनेछ । हामीले विधान छोटो बनाउने भनेका छौँ । विधान छोटो बनाएपछि हामीले सबै कुरा नियमावलीमा व्यवस्थामा गर्नेछौँ । हामी नाम सन्दर्भ मिलाएर बदल्न पनि सक्छौँ । तर आजै चाहीँ बदल्ने निर्णय भएको छैन । चुनाव चिन्ह पनि सन्दर्भ आएपछि सोच्न सकिन्छ भन्नेछ । सबै जनवर्गिय संगठनको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय भएको छ । भारतमा, मध्यपूर्वमा र बाँकी विश्वमा ३ वटा छुट्टै प्रदेशस्तरीय समिति बनाउने छ । अबको महाधिवेशन जिल्लाबाट प्रदेश हुँदै होइन, माथिबाट १९९ कमिटी बन्छ र तलसम्म हुँदै जान्छ ।’

त्यस्तै, माओवादी केन्द्रले सबै जनवर्गिय संगठनहरुको सम्मेलन गर्ने र पुनःगठन गर्ने निर्णय भएको छ । अधिवेशनले भारत, मध्यपूर्व र बाँकी विश्वमा गरी ३ वटा छुट्टाछुट्टै प्रदेशस्तरीय समिति बनाउने निर्णय पनि गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । आगामी अधिवेशन माथिल्लो तहको कमिटीबाट शुरु हुने उहाँको भनाई छ । —न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन