fbpx

‘देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु’:-चन्द्रकान्त राउत

author

समाचारपाटी

२ महिना अगाडि


जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाउनुभएको छ । 

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा चरम निराशा व्याप्त रहेको बताउनु भयो । उहाँले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको बताउनु भयो । उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताउनु भयो । उहाँले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताउनु भयो । उहाँले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु । देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु । समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु । देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णतः असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ । प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ । न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ । संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन् । कार्यपालिकाको अवस्था यस्तो छ की कुनैपनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन । यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन । सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ । जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ । दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ । धोती लगाउँदा पनि षड्यन्त्र देख्छ । हामी सुध्रेनौँ भने जंगबहादुरकै हविगत हुनेछ ।’
उहाँले  दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गर्नुभयो । उहाँले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिनुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन