fbpx

बिपी साहित्य महोत्सवका लागि सहमहामन्त्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मुल तयारी समिति गठन

author

समाचारपाटी

८ महिना अगाडि

नेपाली काँग्रेसले बिपी साहित्य महोत्सव भाद्र २४,२५ रु २६ गते गरी तीन दिनसम्म मनउने भएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । साहित्य महोत्सव भदौ २४,२५ रु २६ गते बिपी स्मृति भवन सानेपामा हुने पार्टीका नेता मिनबहादुर विश्वकर्माले बताउनु भयो । उहाँले महोत्सवलाई सम्पन्न गर्न काँग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मुल तयारी समिति गठन गरिएको बताउनु भयो ।

उहाँले तीन दिनसम्म चल्ने महोत्सवमा पहिलो दिन बिपीको साहित्य सिर्जना र जीवन दर्शन, दोस्रो दिन माक्र्स, गान्धी र बिपीको बारेमा चर्चा गर्ने र तेस्रो दिन बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला भन्नेबारेमा प्रश्तुती हुने बताउनु भयो । उहाँले पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, हाइज्याक फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्तीका वृत्त प्रदर्शनी हुने बताउनु भयो । 

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली काँग्रेसले ११० औं बिपी जन्म जयन्तीलाई नेपालको राजनीतिमा विचारको खडेरी पर्दै गएको हो की भन्ने मानिसमा गुनासो र निराशा पछि नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्नेगरी, विचारको राजनीतिलाई पुनः ताजकीकरण गर्ने, विचारको राजनीतिको दिशामा पुनः जागरण ल्याउनेगरी साहित्य महोत्सव गरेको बताउनु भयो । उहाँले रजनीतिमा देखिएका अपसंस्कृतिहरु, गलत संस्कृतिको न्युनतामा अन्त्य गर्दै असल संस्कृतिमा सिंगै राजनीतिलाई अभिमुख गराउने उद्देश्यले हामीले यो महोत्सवको आयोजना गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हामीले २४,२५ र २६ गते तीन दिन यो साहित्य महोत्सवको आयोजना गर्नेछौँ । नेपाली काँग्रेसले ११० औं बिपी जन्म जयन्तीलाई नेपालको राजनीतिमा विचारको खडेरी पर्दै गएको हो की भन्ने मानिसमा गुनासो र निराशा पछि अब हामी नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्नेगरी, विचारको राजनीतिलाई पुनः ताजकीकरण गर्ने, विचारको राजनीतिको दिशामा पुनः जागरण ल्याउनेगरी नेपाली काँग्रेसले आफ्नो मुल कार्यालयबाट मुल नेताको जन्मजयन्तीको अवसर पारेर मुल नेताले देखाउनुभएको राजनीतिको, आर्थिक, सामाजिक बाटो र साहित्यको, विचारको राजनीतिलाई मुल धारमा ल्याउने र मुलधारको राजनीतिको पुनः स्थापनापछि राजनीतिमा देखिएका अपसंस्कृतिहरु, गलत संस्कृतिको न्युनतामा अन्त्य गर्दै असल संस्कृतिमा सिंगै राजनीतिलाई अभिमुख गराउने उद्देश्यले हामीले यो महोत्सवको आयोजना गरेका छौँ । महोत्सव एक ठाउँमा तीन दिनको लागि गरिएको भएपछि यसको सन्देश समयक्रमसँगै निकै महत्वको रहनेछ । यो बिस्तारै बिस्तारित हुनेछ ।’ 

पहिलो पटक आयोजना हुन लागेको साहित्य महोत्सवमा उपस्थित हुन पनि काँग्रेसले आग्रह गरेको छ । 


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन