fbpx

विराटनगरमा पूर्वप्रहरीअपराधिक गिरोह मिलेर लुटपाट, दुई जना पक्राउ

author

समाचारपाटी

१ year अगाडि

विराटनगर । विराटनगरमा पूर्वप्रहरी सम्मिलित अपराधिक गिरोह मिलेर लुटपाट गरेको घटना बाहिर आएको छ। लुटिएको रकमसहित घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले प्रहरी हौं भन्दै दुई जनाले विराटनगर महानगरपालिका–१२ रानीका रविकुमार साह सुडीमाथि लुटपाट गरेको जानकारी दिनुभयाे। उहाँका अनुसार घटना असोज २२ गते सोमबार दिउँसो १२ बजेतिरको हो। मोटरसाइकलमा रानीबाट विराटनगर बजारतिर आउँदै गर्दा साह लुटिनुभएकाे हाे।

प्रहरीका अनुसार रानीबाट विराटनगर–११ रोडशेष चोकमा आइपुगेपछि पिछा गर्दै बा ६७ प २५०४ नम्बरको बुलेट मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले अर्को ठाउँमा पुर्‍याएर साहमाथि लुटपाट गरेका थिए। लुटपाटमा संलग्नले सुरुमा हामी प्रहरी हौं भन्दै साहले चलाएको मोटरसाइकल रोकेको प्रहरीले जनाएको छ। त्यसपछि एक जना साहको मोटरसाइकलको पछाडि बसेर उहाँलाई विराटनगर–२ हनुमान मन्दिर पुर्‍याएकाे प्रहरीले जनाएकाे छ। नियन्त्रणमा लिएर मन्दिर परिसरमा पुर्‍याएर धाकधम्की दिँदै लुटपाट गरेपछि दुवै जना फरार भएको डीएसपी दाहालले बताउनुभयाे।  

लुटपाटमा संलग्नमध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेर घटनास्थलतर्फ जाँदै गरेको सीसी क्यामेरा फुटेजमा देख्न सकिन्छ। ‘दुई जनामध्ये एक जना साहको मोटरसाइकलको पछाडि बसेको पाइयो,’ दाहालले भन्नुभयाे, ‘अर्का व्यक्ति भने आफ्नै मोटरसाइकल चलाएर घटनास्थलमा पुगेको देखिन्छ।’ 

डीएसपी दाहालका अनुसार साहको नागरिकता, उहाँको साथमा रहेको नगदसहितको झोला, बैंकको चेकबुक, विभिन्न बैंकका ३ वटा एटीएम, मोबाइल र मोटरसाइकलको ब्लुबुक लुटपाट गरिएको पाइएको छ। लुटपाट भएको रकमका बारेमा यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। पारिवारिक समस्याले साह भारततिर गएका कारण नेपाल फर्किएपछि लुटपाट भएको रकमका बारेमा यकिन हुने प्रहरीको भनाइ छ। पीडित साहले भने बिमामा तिर्न र बैंकमा जम्मा गर्न आफूले लिएर आएको १२ लाँख रूपैयाँ लुटपाट भएको प्रहरीलाई बताएका थिए। 

घटनालगत्तै लुटपाटमा संलग्नलाई पक्राउ गर्न मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गर्नुभएकाे थियाे। ठाउँठाउँमा विशेष टोली परिचालन गरेर घटनामा संलग्नको खोजी तीव्र पारिएको थियो। लुटपाटमा संलग्न विराटनगर–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर–४ खारजीका ३६ वर्षीय सुनील थापालाई पक्राउ गरिएको एसपी पोखरेलले बताउनुभयाे। दुवै जनालाई विराटनगर–१ स्थित धनावत पुलनजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीले तामाङको घरको दराजभित्रबाट ५ लाख ६५ हजार रूपैयाँ बरामद गरेको छ। उक्त रकम साहबाटै लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ। लुटपाट गरिएका नागरिकता, पैसाको झोला, चेकबुक,  एटीएम, ब्लुबुकसमेत प्रहरीले फेला पारेको छ। घटनामा संलग्न थापाको साथबाट केही बरामद भएको छैन। यद्यपि, उनको घर तथा बसोबास गरेको स्थानमा प्रहरीले खानतलासी गर्न बाँकी नै छ। 

बहालवाला प्रहरी हौं भन्दै लुटपाट गर्ने तामाङ र थापा दुवै जना पूर्वप्रहरी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जागिर छाडेपछि गिरोह खडा गर्दै अपराध कर्ममा उनीहरु संलग्न भएको प्रहरीको भनाइ छ। प्रहरीले लुटपाट गर्ने गिरोहको अपराधिक पृष्ठभूमिका बारेमा समेत अनुसन्धान थालेको छ। विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले बताउनुभयाे।

annapurnapost 


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२४.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

कांग्रेसमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

महेन्द्ररत्न क्याम्पस ताहाचलमा पनि मतदान हुँदै

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...