fbpx

४८ घण्टाभित्र हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

author

समाचारपाटी

८ महिना अगाडि

सर्वोच्च अदालतले कोशी प्रदेशमा प्रदेशको सबैभन्दा ठूलो दल नेकपा एमाले कोशीका संसदीय दलको नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।  

१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो । सोहीबिरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आउनुभएको थियो । सोही मुद्दामा न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले सभाको अध्यक्षता गरेका व्यक्तिले दिएका मतलाई संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको हो । विश्वासको मत बदर गर्दै इजलासले मुख्यमन्त्री थापालाई पदमुक्त गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सभामा निर्णयार्थ पेस भएको प्रश्तावको पक्षमा बहुमत प्राप्त हुनु वा नहुनु दुवै स्थिति संविधानतः आफैँमा निर्णयक अवस्था मान्नुपर्ने देखिन आउने बताउनु भयो । उहाँले सभाको अध्यक्षता गर्ने व्यक्तिले मत हाल्नुपर्ने अवस्था भनि नेपालको संविधानले परिकल्पना गरे बमोजिमको अवस्था नै उत्पन्न नै नभएको अवस्थामा सभाको अध्यक्षता गरेका प्रकृतिमध्येका कोशी प्रदेश सभामा मान्य सदस्य श्री इस्रायल मन्सुरीले उक्त प्रश्ताव उपर नेपालको संविधानवादको मान्य सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतको प्रतिकुल रहेको ठहर गरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सभाको अध्यक्षता गर्ने व्यक्तिले मत हाल्नुपर्ने अवस्था भनि नेपालको संविधानले परिकल्पना गरे बमोजिमको अवस्था नै उत्पन्न नै नभएको अवस्थामा सभाको अध्यक्षता गरेका प्रकृतिमध्येका कोशी प्रदेश सभामा मान्य सदस्य श्री इस्रायल मन्सुरीले उक्त प्रश्ताव उपर नेपालको संविधानवादको मान्य सिद्धान्त तथा यस अदालतबाट प्रतिपादित नजिर सिद्धान्त समेतको प्रतिकुल देखिँदा उल्लेखित प्रश्तावमा निजले गरेको मतदान सो मतको समेत गणना गरी उक्त प्रश्ताव प्रदेश सभाको बहुमतबाट प्राप्त गरी पारित भएको भनि सो सभाले गरेको मिति २०८०, भदौ ४ को निर्णय तथा उक्त निर्णय जानकारी गराउन प्रदेश प्रमुखलाई गरेको पत्राचार लागयतका कामकारबाही सर्वोच्चको आदेशद्वारा बदर हुने ठहर छ । प्रश्तुत आदेश प्राप्त भएका मितिले ४८ घण्टा भित्र  नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रीपरिषद् गठन गर्नु÷गराउनु भ्नि कोशी प्रदेश प्रमुखको नाममा परमादेश जारी गरिएको छ ।’

थापा २१ असारमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।  


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक