fbpx

रुपनारायण ढकाललाई अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार

author

समाचारपाटी

११ महिना अगाडि

पोखरा । अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक रुपनारायण ढकाल २०८० सालको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएकाे छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा ढकाललाई उक्त पुरस्कार प्रदान गरेको हो ।

अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ढकाललाई दोसल्ला र सम्मानपत्र सहित पुरस्कार प्रदान गर्नुभएकाे थियाे । सोही पुरस्कारबाट नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख सन्तोष पोखरेल पनि सम्मानित हुनुभयाे । पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको आयोजक समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयाे ।

२५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय ढकाल ह्याप्पी पोखरा डटकममा समेत आवद्ध हुनुहुन्छ । उहाँले यसअघि गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, पोखरा उद्योग वाणिज्य संघ आर्थिक पत्रकारिता पुरस्कार र पर्यटन पत्रकारिता पुरस्कार लगायत दर्जनौं सम्मान प्राप्त गरिसक्नुभएकाे छ । पोखरा महानगरपालिका, वडा ३२ सातमुहानेका बासिन्दा ढकालले पोखराबाट प्रकाशित तत्कालिन गगन साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएकाे हाे ।

यसअघि उहाँले हिमदूत दैनिक, जनमत दैनिक, पोखरापत्र दैनिक, समाधान दैनिक, आदर्श समाज दैनिक, राजधानी दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिक र दक्षिण कोरियाको अंग्रेजी भाषाको ओमाई न्यूज इन्टरनेश्नल वेबसाइटका लागि समेत काम गरिसक्नुभएकाे छ ।

नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले ढकाल र पोखरेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो । समितिमा आयोजक समितिका मिडिया संयोजक पत्रकार टंकराज अधिकारी, समितिका कानूनी सल्लाहकार अधिवक्ता एवं पत्रकार हरिप्रसाद भट्टराई, समितिका महासचिव दिलिप गुरुङ र अध्यक्ष ललित गुरुङ सदस्य हुनुहुन्थ्याे । पत्रकारितका माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याएको भन्दै समितिले यो पुरस्कार प्रदान गरेको हो ।

अर्थशास्त्रमा स्नातकोत्तर ढकालले नेपाल पत्रकार महासंघ, नेपाल प्रेस इन्ष्टिच्यूट, पोखरा उद्योग वाणिज्य संघ र एच डब्लू के माइन्ज जर्मनी तथा अमेरिकी दुताबास लगायतका संस्थाबाट खोजमूलक, आर्थिक र सम्पादन सम्बन्धी दर्जन बढी तालिमहरु लिनुभएकाे छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन