fbpx

मोरङमा लक्ष्मी पूजाको राति आगलागीमा घाइते भएका २८ जनामध्ये एकको मृत्यु

author

समाचारपाटी

६ महिना अगाडि

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका २८ जनामध्ये एक जनाको मृत्यु भएको छ। दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०:३० बजेतिर अचानक आगलागी सुरु भएको थियो।

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए। घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहान २:४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयाे।

उहाँका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। आगलागीमा परेर घाइते भएकामध्ये ४ प्रहरी र २० जना स्थानीय गरेर २४ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। घाइतेमध्ये गम्भीर अवस्थाका ८ जनाको अहिले पनि आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताउनुभयाे।

कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो। सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखको क्षति भएको थियो।

आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो। आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएकाहरु घाइते भएका थिए। आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

source:-annapurnapost


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक