fbpx

राष्ट्रिय महिला भलिबलमा एपिएफ र न्युडायमण्ड विजयी

author

समाचारपाटी

३ हप्ता अगाडि

एपिएफ क्लव र न्यु डायमण्ड स्पोर्टस क्लवले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले नेपाल पुलिस क्लव र न्युडायमण्डले त्रिभुवन आर्मी क्लवलाई ३–१ को समान सेटमा हराउँदै जित निकालेका हुन् । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान आयोजनामा चार टोलीले मात्र प्रतिष्पर्धा गरेको प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुँदैछ । पहिलो खेलमा न्युडायमण्डले २५–१२, २५–१५, १७–२५ र २५–२१ ले हरायो । दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–२१, २५–२२, २५–१७ र २५–१५ ले हराउँदै सुखद् शुरुवात गरेको हो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा पुलिसकी खेलाडी पुनम चन्द नगदसहित ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित भइन् । राखेपका सदस्यसचिव घिसिङले उनलाई सम्मान गरेका हुन् । राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा हरने टिम फाइनलमा प्रवेश गर्ने छन् । चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् । तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...