पोखरा बिश्वबिद्यालय पाठ्यक्रम विकास केन्द्रले स्वास्थ्य विज्ञान संकाय मार्फत संचालनमा ल्याउन लागेको विएस्सी मेडिकल इमेजिंग टेक्नोलोजी (विएस्सी एम आइटी) को पाठ्यक्रमलाइ अन्तिम रुप दिनको लागी कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक डा. पुर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रम पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डीन डा अमर नागिलाको प्रमुख आतिथ्यतामा छलफल सम्पन्न भएको हो ।
स्वास्थ्य विज्ञान संकाय अन्तर्गत नर्सींग ,फार्मेसी जनस्वास्थ्य ,मेडिकल ल्याव टेक्नोलोजी ,फिजियोथेरापी र अप्टोमेट्री विषय संचालन गरीरहेको र हाल बिभिन्न रोगहरुको निदानको लागी रोगको बारेमा सही जानकारीको लागी आवश्यक विषय पोखरामा पढाइ हुदा यस क्षेत्रका लागी आवश्यक जनशक्ती उत्पादन हुनेकुराको बिश्वास बिश्वविद्यालयले लिएको कुरा पोखरा विश्वविद्यालय स्वास्थ्य बिज्ञान संकायका डीन डा अमर नागिलाले बताउनुभएकाे थियाे । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै डिन नागिलाले यस पढाइले विभिन्न रोग पत्ता लगाउनको लागी अत्याधुनिक उपकरण प्रयोग गर्ने र सो को आधारमा रोगको निदान सहज ढंगबाट गर्नको लागी सहजीकरण गर्ने विषय भएकाले गर्दा विषयवस्तुको आवश्यकता देखि विश्वविद्यालयले कार्यक्रम
संचालन गर्न लागेको कुरा प्रस्ट पार्नुभएकाे थियाे ।
विएस्सी एमआइटीमा पढाइ हुने विविध विषयहरुको देश भरबाट आएका सम्बन्धित विषय बिज्ञद्वारा तयार पारीएको चार वर्षे कोर्षको पाठ्यक्रमलाई अन्तिम रुप दिन आयोजना गरीएको कार्यशालामा विएस्सी एम आइटी विषय समितिका अध्यक्ष प्रा डा गणेश बहादुर पोखरेल ,पोवीवी रिसर्च सेन्टरका कार्यकारी निर्देशक डा.नमराज धामी ,स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका निर्देशक विमला भट्ट,गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिना लगाएतको उपस्थिति रहेको थियो ।
चिकित्सा शिक्षा ऐनको व्यवस्था वमोजिम स्वास्थ्य क्षेत्रका विविध कार्यक्रम संचालनका लागी आफ्नै १०० बेडको अस्पताल आवश्यक पर्ने भएकाले गर्दा पोखरा विश्वविद्यालयले पोखरा महानगरपालिका वडा न ३० मा आफ्नै एक सय बेडको अस्पताल स्थापना गरी संचालनको तयारी गरेको छ ।
उच्च शिक्षामा विद्यार्थीको संख्या रास्त्रव्यापी रुपमा कम रहेता पनी स्वास्थ्य विज्ञान संकायमा भने हाल पनि विद्यार्थीको चाप उल्लेख्य रहेको र सिट पाएमा पढ्ने बिद्यार्थी संख्या अपुग नहुने कुरा पोखरा बिश्वबिद्यालयका उप प्राध्यापक बिजय सुवेदीले जानकारी गराउनुभएकाे थियाे ।