fbpx

”राप्रपा नेपालले राजसंस्थाको बिषयमा लिएको नितिमा पुनर्बिचार गर्छ”:- कमल थापा

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको बिषयमा लिएको नितिमा पुनर्बिचार गर्ने बताउनुभएको छ । मुलुकको भुराजनितिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको हुदाँहुदै पनि पार्टीले तत्काल कार्यनीतिमा नराखेको अबस्थामा केन्द्रिय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको बिषयमा लिईराखेको नितिमा पुनर्बिचार गरिने थापाले स्पष्ट पार्नुभयो ।

बुधबार पार्टी आवद्ध जनबर्गिय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले काङ्ग्रेस कम्युनिस्ट प्रती जनताको चरम बितृष्णा रहेको र नयाँ शक्तिको रुपमा आएका पार्टीहरु सत्ता केन्द्रित भएको अवस्थामा २०८४ को निर्बाचनमा नयाँ शक्ति जनताको रोजाई हुने समेत थापाले भबिस्यबाणी गर्नुभयो ।

थापाले त्यो नयाँ शक्ति राप्रपा नेपाललाई बनाउनु पर्ने भन्दै सबै जनबर्गिय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन दिनुभयाे । भ्रष्टाचार , बेरोजगारी , धर्मपरिबर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनु पर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापुर्बक उभिन समेत आग्रह गर्नुभयो। राप्रपा नेपाल असल बिचार , निष्ठावान कार्यकर्ता र इमानदार नेतृत्वको बलमा उठ्ने र आगामी दिनमा एउटा शक्तिशाली बैकल्पिक शक्ति बनाएरै छाड्ने थापाले दृढता ब्यक्त गर्नुभयो। कार्यक्रममा जनबर्गिय संगठनका प्रमुखहरुले कार्ययोजना सहित भाबी रणनीति प्रस्तुत गरेको पार्टीका महामन्त्री राजारम बर्तौलाले जानकारी दिनुभयाे ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...