fbpx

१३ औं रुपा तालबेसी फागु महोत्सव हुने, रुपा तालको शिर हजुर गीत सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

पोखरा । १३ औं रुपा तालबेसी फागु महोत्सव हुने भएको छ । फागुपूर्णिमाको अवसरमा यहि फागुन २१ देखि २३ गते सम्म रुपा गाउँपालिका वडा नं. ६ र पोखरा ३१ को संगम थलो तालबेसीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको हो।

महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गरिने आयोजक संस्था सप्तरंगी युवा क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी गराउनुभएकाे हाे । रंगहरुको पर्व होलीको अवसरमा आफुहरुले वर्षेनी रुपा तालबेसी फागु महोत्सव आयोजना गर्दै आएको उहाँले बताउनुभयाे । गुरुङ समुदायको पहिचान झल्किने गरी सांस्कृतिक कार्यक्रमहरु पनि राखिएको अभिव्यक्ति उहाँको छ । पर्यटकहरुका लागि राम्रो गन्तव्य तालबेसीको प्रचारप्रसारमा टेवा पुग्ने हेतुले महोत्वसको आयोजना गरिएको हो ।

गण्डकी प्रदेश सरकारका कृषि, उर्जा तथा जलस्रोत मन्त्री बेद बहादुर गुरुङले तालबेसीको विकासमा आफु प्रतिबद्ध भएको बताउनुभयाे । उहाँले महोत्सवलाई सफल पार्न गण्डकी सरकारबाट हुने सहयोग गर्ने आश्वासन दिनुभयाे । ‘रुपा तालबेसी फागु महोत्सव संस्कार झल्काउने कार्यक्रम हो । जसलाई सफल पार्ने दायित्व हामी सबैको हो । गण्डकी सरकार र मेरो व्यक्तिगत तर्फबाट हुन सक्ने सहयोग गर्छु ।’, उहाँले भन्नुभयाे । उहाँले महोत्सव जस्ता कार्यक्रमले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने बताउनुभयाे । ग्रामीण भेगको संस्कृतिको उन्नयनका लागि महोत्सवले महत्पूर्ण भूमिका खेल्ने विश्वास उहाँको छ ।

आइतबार मात्रै महोत्सवलाई लक्षित गर्दै निर्माण गरिएको ‘रुपा तालको शिर हजुर’ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई गीतकार अनुराग अधिकारीले लेख्नुभएकाे हाे । धन बहादुर गुरुङले संगीत भरेको गीतमा स्वर गायिका उषा गुरुङको छ । गीतको म्युजिक भिडियोलाई कलाकार एवम् निर्देशक माओत्से गुरुङले निर्देशन गर्नुभएकाे हाे । सुमन गुरुङ, कुशल गुरुङ, डीबी गुरुङ र आइतराम गुरुङको अभिनय रहेको म्युजिक भिडियोको छायाँकन तालबेसीकै वरिपरि स्थानमा गरिएको हो ।

कलाकार एवम् म्युजिक भिडियो निर्देशक माओत्से गुरुङले म्युजिक भिडियोमा गाउँको कथालाई प्रेमिल रुपमा प्रस्तुत गर्न खोजेको बताउनुभयाे । गीतले राम्रो सफलता पाउनेमा उहाँ आशावादी देखिनुहुन्छ । सप्तरङगी क्लबले वर्षेनी गर्दै आएको रुपा तालबेसी फागु महोत्सवको प्रचारप्रसारमा गीत मार्फत थप टेवा पुग्ने विश्वास उहाँको छ ।


काठमाडौं

शनिबार, बैशाख २२, २०८१

२३.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन