fbpx

मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

author

समाचारपाटी

३ हप्ता अगाडि

विराटनगर । मोरङको उर्लाबारी र सुनसरीको बराहक्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका कानेपोखरीबाट बिर्तामोड तर्फ जाँदै गरेको मे ७ प ८४८० मोटरसाइकलले मोरङको उर्लाबारी ३ मंगलबारेमा पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि अनियन्त्रित भएको मोटरसाइकल विपरीत दिशाबाट जाँदै गरेको नम्बरको भारतीय नम्बर प्लेटको ट्याङ्करसँग ठोक्किएको थियो ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक ३३ वर्षीय धनबहादुर जोगीको मृत्यु भएको प्रहरीले बताएको छ । पैदल यात्री उर्लावारीका ४५ वर्षीय रामकिशोर चौधरी र मोटरसाइकलमा सवार दर्पण जोगी घाइते छन् । सोमबार नै चतराबाट पकली तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ५०४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सुनसरीको बराहक्षेत्र ५ जमटोकीस्थित पकली–चतरा सडकखण्डमा विद्युतको पोलमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा भोजपुरको षडानन्द १ नेपालेडाँडा बस्ने २२ वर्षीय सुजन गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकल चालक हुन् । मोटरसाइकलमा सवार २३ वर्षीय रुद्र लुइँटेल घाइते छन् ।

onlinekhabar


काठमाडौं

आइतवार, बैशाख २३, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

चलचित्र ‘लेबर’को टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन