जरोटुप्पो संरक्षण साहित्य समाज नेपालमा सम जयन्ती र सम्मान

author

समाचारपाटी

२ years अगाडि

पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले नाटयसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती विविध समारोहका साथ मनाएको छ । संस्थाले रचनावाचन, सम सम्भाषण र सम्मान अर्पणसहित समजयन्ती मनाएको हो ।

कार्यक्रममा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीलाई १० हजार एकसय राशिसहितको इन्द्र–हुमा स्मृति वाङ्मय सम्मान अर्पण गरिएको हो ।

भण्डारीलाई कोषका संस्थापक सीता जिसी, वरिष्ठ साहित्यकार सरुभक्त, हरिदेवी कोइराला र सूर्य खड्का बिखर्चीले संयुक्त सम्मान अर्पण गर्नुभएकाे थियाे ।

सरुभक्तले सर्जकको सिर्जनशीलता संख्यामा नभएर गुणात्मकताले स्तर निर्धारण गर्ने बताउनुभयाे । सरुभक्तले नेपाली साहित्यका विराट प्रतिभा बालकृष्ण समको योगदानको जुन रुपमा चर्चा हुनुपर्ने थियो त्यो नभइरहेको धारणा राख्दै जरोटुप्पोले विगतका केही वर्षदेखि सम जयन्ती मनाउन शुरु गरेकोमा यसलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयाे ।

हरिदेवी कोइरालाले जरोटुप्पोले नेपाली माटो र मौलिकतालाई बोकेर अगाडि बढिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयाे । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले आफूँ स्रष्टा साधकको उचित सम्मान र संरक्षणका लागि राज्यसँग सक्दो पहल गरिरहेको बताउनुभयाे ।

सम्मानित स्रष्टा के.सी.ले आफूलाई सम्मानले थप उत्साह र जिम्मेवारी थपिदिएको बताउँदै संस्थाप्रति आभार व्यक्त गर्दै सम्मानलाई उचित सम्मानपूर्वक राख्न आफूँले प्रयास गर्ने बताउनुभयाे । कोषका संस्थापक सविन जिसीले आफ्ना हजुरबुबाआमाका नाममा यसरी सामाजिक कार्य गर्न पाउँदा उहाँले हिजो समाजमा पुर्याएको योगदानको स्मरण हुने बताउनुभयाे ।

प्रतिभा छनौट समितिका संयोजक प्राज्ञ कृष्णप्रसाद पौडेलले प्रतिभा छनौट प्रक्रिया र स्रष्टाको परिचय राख्नुभएकाे थियाे । पौडेलले ‘ग्रामीण विकासमा सामुदायिक वनको भूमिका 'लैगिंक दृष्टिकोणबाट विश्लेषण’ विषयमा विद्यावारिधि गर्नुभएकाे भण्डारीलाई समाज, साहित्य र राज्यसेवाका हरेक क्षेत्रमा स्थापित बहुआयामिक व्यक्तित्वका रुपमा चिनाउनुभएकाे थियाे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबा, सामाजिक रुपान्तरणका अभियान्ता भीम रानाभाट, संस्थाका मानार्थ संरक्षक विश्वमोहन गौचनले समको व्यक्तित्व र संस्थाका बारेमा प्रकाश पार्नुभएकाे थियाे ।

कार्यक्रममा गीताञ्जली साहित्यकार रामनाथ अधिकारी सँगी, साहित्यकार रुद्रबहादुर थापा, शोभाकान्त गौडेल, वसन्त चालिसे, लक्ष्मण थापा, शिव त्रिपाठी, तारानाथ पराजुली,छन्दिका त्रिपाठी, अम्बिका भण्डारी, अम्बिकाप्रसाद भट्टराईलगयातले रचनावाचन गर्नुभएकाे थियाे ।

संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले सीताकुमारी जिसी र नाति÷बुहारीद्वय सविन÷सुमित्रा र अश्विन÷कल्पना जिसीको परिवारबाट स्थापना गरिएको १ लाख ६१ हजार एक सय ११ राशिको अक्षयकोषको व्याज रकमबाट संस्थाले उक्त सम्मान अर्पण गरेको बताउनुभयाे । कार्यक्रममा प्रा.डा. यमबहादुर पौडेल क्षत्रीको स्वागत र असफल गौतमको सञ्चालन रहेको थियो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१६.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’