fbpx

खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः युवराज अधिकारी

author

समाचारपाटी

१ हप्ता अगाडि

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा बोल्दै कार्यकारी अध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले जहाज मर्मतको काम खरिद नियमावलीकै कारण ढिला हुने गरेको जिकिर गर्नुभयो । उहाँले जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित रहेको बताउनु भयो । कार्यकारी अध्यक्षले धेरै पुरानो खरिद विनियमावली भएकाले एयरलाइन्समैत्री नभएको बताउनु भयो । उहाँले खरिद विनियमावली एयरलान्समैत्री बनाउन २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताउनु भयो । उहाँले पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन सकेको जानकारी दिनुभयो । उहाँले नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पाटर््सहरुको लागि खरिद विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने बताउनु भयो । उहाँले जहाजको एउटा स्पेयर पाटर््स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान रहेको बताउनु भयो । उहाँले वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त नभएको बताउनु भयो । उहाँले अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ जहाज मर्मतको काम किन ढिला हुन्छ भन्ने कुरा हामीले बुझाउन सकेका छैनौं । जहाज बिग्रेपछि बनाउने कुरा खरिद विनियमावलीसँग सम्बन्धित छ । धेरै पुरानो खरिद विनियमावली छ । एयरलाइन्स मैत्री खरिद विनियमावली छैन । खरिद विनियमावली एयरलान्समैत्री हुनुपर्छ भनेर २०७६ साल देखि भनिरहेका छौं । पटक–पटक मन्त्रालयमा पनि भनेका छौं । यसमा सुधार हुन सकेको छैन । नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार गरिएको छ । त्यति मात्रै नेपाल एयरलाइन्सलाई पनि गरिदियो भने काम गर्न सहज हुने थियो । जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान गर्नुपर्छ । विभिन्न तहमा निर्णय हुँदै आउनुपर्छ । वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त होइन जस्तो लाग्छ । अन्य देशमा सरकारी वायुसेवा निगम र अन्यका लागि खरिद विनियमावली फरक छ ।’

उहाँले इन्जिनियरहरुलाई दिनुपर्ने सेवा सुविधाहरु दिन सक्दा जहाज मर्मत हुन ढिला भएको बताउनु भयो । उहाँले स्थायी कर्मचारीहरुको सेवा सुविधाहरु बढाउन धेरै अफ्ठ्यारो प्रक्रिया रहेको बताउनु भयो । उहाँले दक्ष जनशक्तिहरु निरन्तर रुपमा विदेश पलायन भइरेको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू