विपद् प्रतिकार्यमा सूदूरपश्चिमका युवाहरु सक्रिय

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । जलवायु परिवर्तनको असरका कारण निम्तने विपद्जन्य घटनाको प्रतिकार्यका लागि स्थानीय स्तरमा युवाहरु सक्रिय हुन थालेका छन् ।


मुलुक संघीय संरचनामा गएपछि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी स्थानीय सरकारमा हस्तान्तरण गरिएको छ । स्थानीय सरकारले पर्याप्त साधन स्रोतको अभावमा प्रभावकारी काम गर्न नसकिरहेका बेला स्थानीय युवाहरु विपद्जन्य घटनाको प्रतिकार्यका लागि सक्रिय हुन थालेका हुन् । विपद्जन्य घटनाको अत्याधिक जोखिमको रुपमा परिचित हुँदै आएको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका युवाहरु विपद् जोखिम न्युनिकरण र व्यवस्थापनमा सक्रिय हुन थालेका हुन् ।


स्थानीय सामाजिक परिचालक सुनिल सेठ्ठी समुदायको बाढी उत्थानशिलताको लागि पूर्वसूचना, खोज तथा उद्धार सम्बन्धी तालिम दिने गरेको बताउँछन् । 


‘समुदायको बाढी उत्थानशिलताको क्षमताको मापन अनुसार काम गर्ने गर्दछौँ । समुदायको बाढी उत्थानशिलताको लागि पूर्वसूचना, खोज तथा उद्धारको तालिम दिने गरिएको छ । डडेलधुरामा पानीको मापन हुने गर्दछ । अनि त्यहाँका र यहाँका समुदायसँग जोडेर तथ्यगत सूचनाहरु प्रवाह गर्ने गरिन्छ । जीविकोपार्जनको क्षेत्रमा पनि सामुदायिक विपद् व्यवस्थापन समितिहरु निर्माण गरेर बाख्रा पालन शुरु गरिएको छ । जनचेतना वृद्धि गर्ने सवालमा पनि काम भएका छन् । स्थानीयहरुले आफ्ना गुनासाहरुलाई स्थानीयसरकारसँग राख्ने र सम्बोधनका लागि पहल गर्ने सम्मका कामहरु भएका छन् । ’

वर्षेनी बाढी र डुबानको चपेटामा परेर बिस्थापित हुनेको संख्या बढ्दै गर्दा युवाहरु विपद् प्रतिकार्यमा जुटेका हुन् । उनीहरुले स्थानीय तहमा विपद् जोखिम न्युनिकरणमा काम गर्दै आएका संघसंस्थाको सहयोगमा जनप्रतिनिधिहरुलाई पनि जबरजस्त सहभागी गराएर विभिन्न किसिमका युवा सञ्जालहरु गठन गरेका छन् । वर्षेनी डुबान र बाढीको चपेटामा परेर दैनीकी नै कष्टकर हुने स्थानीयको जीविकोपार्जनलाई सहज बनाउन युवा समूहमार्फत सहयोग गर्ने गरिएको छ । युवा समूहले नागरिकको अधिकार र स्थानीय सरकारको जिम्मेवारीबारे पनि समुदायमा प्रशिक्षण दिने गरेको छ । यस्ता कृयाकलापले समुदायमा नागरिक सचेतना बढाएको छ । युवाहरुकै सक्रियतामा वर्षेनी बाढी र डुबानको चपेटामा पर्ने गरेको वडा नम्बर १० को अति प्रभावित स्थानमा उखुखेती शुरु गरेका छन् । 


नगरपालिका प्रमुख किशोरकुमार लिम्बू विपद्का बेला सरकारी सयन्त्रले मात्रै सबै काम गर्न नसक्ने भएकाले नगरस्तीय युवाहरुको सञ्जाल तत्काल प्रयोग गर्न सक्नेगरि तयारी अवस्थामा रहने गरेको बताउनु भयो । 
उहाँले भन्नुभयो  ‘१० वटा वडा रहेको नगरपालिकाभित्र युवाहरुको १३ वटा सामुदायिक विपद् व्यवस्थापन युनिट छन् । १ सय सदस्यीय नगरस्तरीय युवा समिति छ । यी समूहमार्फत युवाहरुले समुदायमा समय सापेक्ष आइपर्न सक्ने विपद्जन्य प्रकृति र त्यसबाट जोगिने उपाय सिकाउने गर्छन् । युवा सञ्जाल गठन र परिचालनमा निड्स नेपालले सहयोग गर्दै आएको छ । ’

उत्थानशिल युवा सञ्जालकी सदस्य लक्ष्मी भट्ट नगरपालिका भित्र कुनैपनि विपद्को घटना भयो भने सबै युवाहरु एकजुट भएर सम्बोधनमा लाग्ने गरेको बताउनु हुन्छ । 
‘विपद् जोखिम न्युनिकरण र विपद् उत्थानशिलताको विषयमा महिनाको २ दिन समूहका युवाहरु र स्थानीयबीच विस्तृत छलफल हुन्छ । नगरपालिका भित्रका कुनैपनि स्थानमा विपद् आयो भने यो सञ्जाल तत्काल सक्रिय हुन्छ । सामाजिक सञ्जालमा ग्रुप बनाएका छौ । विपद्बारे जानकारी प्राप्त हुने बित्तिकै नजिकका युवाहरु उद्धारमा सक्रिय हुने गर्दछन् । ’

युवाहरुले प्रविधिको प्रयोगमा पनि सबैलाई सक्रिय बनाएका छन् । सामाजिक सञ्जालमा विपद्बारे जानकारी गराईन्छ । सञ्जालमा आएको सुचनाको आधारमा समुदाय जागरुक हुन्छ भने उद्धारका लागि परिचालकहरु पनि क्षणभरमा नै जम्मा हुन्छन् । प्रविधिको प्रयोग गरेर गरिने सूचना प्रवाह अन्त्यन्तै प्रभावकारी भएको भट्टको अनुभव छ । विपद् जोखिम न्युनिकरण र विपद् उत्थानशिलतासँगै सीमा क्षेत्रमा देखिएका समस्या र सार्वजनिक सरोकारका विषयमा स्थानीय सरकारलाई जिम्मेवार र जवाफदेही गराउन शुरु भएको युवा सञ्चालको खबरदारीलाई अनुकरणीय अभ्यासको रुपमा लिन सकिन्छ ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.२°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान