काठमाडौं। पछिल्लाे समय मानिसहरुकाे खानपान र जीवनशैलीमा व्यापक परिवर्तन आएकाे छ। नयाँ नयाँ परिकार हरु खान रुचाउँछन्।
सहरमा नयाँ मेनुमा नयाँ परिकार पनि थपिँदै गएका छन्। यही क्रममा पछिल्लाे समय थपिएकाे परिकारकाे नाम हाे "मट्का बिर्यानी"।क्लाउड किचेन डेलिभरीका सञ्चालक रितम प्रधान।
भक्तपुरस्थित कालाड किचेन डेलिभरी करिब २ वर्षदेखि सन्चालन आयाे र प्रतिस्पर्धात्मक बजारमा आफ्नाे अलग्गै पहिचान बनाएकाे छ।
२२ वर्षको उमेरमा उहाँ विदेशिनु भएको थियो। उहाँले विदेशमा ६ वर्ष काम होटलमा काम गर्नुभयो। उहाँ नेपाल फर्कन बित्तिकै क्लाउड किचेन डेलिभरी सुरु गर्नुभयो।
भक्तपुरमा यो निकै लोकप्रिय रहेको छ। क्लाउड किचेन डेलिभरीमा ट्रावउड माछा, तन्दुरी चिकेन, पोर्क आइटम अन्य खानाहरु बनाइ कस्टुमरका घरमै डेलिभरी गरिन्छ। त्यसकारण पनि यो निकै नै लोकप्रिय छ। क्लाउड किचेन डेलिभरीमा सबै भन्दा धेरै मट्का बिर्यानी मन पराइको परिकारमा पर्दछ।
यस किचेन मा बिर्यानी मट्कामा विशेष तरिकाले बनाउँदा यसको टेस्ट निकै नै स्वादिष्ट बन्दछ। धेरै मानिसहरू "बिर्यानी मट्का" निकै नै मनपराउनु हुन्छ अडर्र गर्नुहुन्छ। क्लाउड किचेन डेलिभरीका सन्चालक प्रधान भन्नुहुन्छ "मट्का बिर्यानी एक दिनमा लगभग ५०० - १००० जति अडर्र आउँछ।" क्लाउड किचेनमा ब्रेकरी र पेय पदार्थको पनि राम्रो व्यवस्था रहेको छ।
कालड किचेन डेलिभरीमा बनेका सबै परिकारहरू भक्तपुरभरिमा फ्रि डेलिभरी हुने गर्दछ। किचेन डेलिभरीका सन्चालक प्रधानले १५ जना रोजगार पनि दिनुभएको छ। "बिर्यानी मट्का" सन्चालक आफैंले नै बनाउन सुरु गर्नुभएको थियो।
नेपालकाे अर्थतन्त्रमा वैदेशिक राेजगारीकाे ठूलाे याेगदान छ। वैदेशिक राेजगारीबाट फर्किएका केही कर्मशील हातहरुले नेपालमा आफ्नै व्यवसायकाे सुरु गर्नुभएको छन। तिनै मध्यका एक हुनुहुन्छ, क्लाउड किचेन डेलिभरीका सञ्चालक रितम प्रधान।