काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रेम दिवसको शुभकामना दिनुभएको छ। अनेरास्ववियुको महाधिवेशन उद्घाटन गर्दै ओलीले प्रेम दिवसको शुभकामना दिनुभएका हो।
सबैलाई धेरै शुभकामना छ। ह्याप्पी भ्यालेन्टाइन, ओलीले भने, तपाईहरुले लभ यु केपी बा भन्नुहुन्छ। तपाईहरुलाई आइ लभ यु टु।
ओलीले जीवन संघर्ष भएको उल्लेख गर्दै राजनीति झनै ठुलो संघर्ष भएकोसमेत बताउनुभयो। यसका लागि डटेर लाग्नुपर्ने ओलीको भनाई थियो। जीवन संघर्ष हो। फेरि पनि संघर्ष अन्त्य हुँदैन।
विरोधीहरु छन् सत्यका। ती सत्यका विरोधीहरुले युरोपमा सुकरातको हत्या गरे। अनेक वैज्ञानिकहरुको हत्या गरेका थिए, उहाँले , राजनीतिक संघर्ष त बढी झन् तीव्र आक्रोश आउँछ।