काठ्माण्डौ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् ।
उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । उनले ३९९२ मत ल्याएका छन् भने गौचनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३०७८ मत ल्याएका छन् ।
मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । २९ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।