‘जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ’:-नेपाली सेना

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परी बेपत्ता भएका एक यात्रुको खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ। काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएका छैनन्। सेनाले खोज तथा उद्धार कार्य अझै जारी राखेको छ। 

कास्की जिल्ला सुरक्षा समितिको बैठकले माघ ७ गते नै दुर्घटनास्थलमा खटिएको खोज तथा उद्धार टोलीलाई फिर्ता गर्ने निर्णय गरे पनि हराइरहेका एक यात्रुको खोजी कार्य दैनिकरुपमा भइरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयाे।

चालक दलका चारसहित ७२ यात्रु सवार उक्त विमान पोखराको नयाँ गाउँ नजिक सेती नदीको खोचमा खसेको थियो। विमान दुर्घटनाको खबर प्राप्त हुनासाथ खोज तथा उद्धार कार्यलाई प्रभावकारीरुपमा सञ्चालन तथा समन्वय गर्न उपरथी दीपक बानियाको नेतृत्वमा केन्द्र स्थापना गरी सहायकरथी सुदर्शन सिल्वाललगायत खटिएका थिए।

सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको सहकार्यमा फेला परेका शवलाई परीक्षणका लागि अस्पताल पुर्‍याउने र ब्लाक बक्सलगायत सामग्री नेपाल नागरिक प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। संयुक्त टोलीले खोज तथा उद्धारको क्रममा दुर्घटनामा परेका ७१ जनाको शव फेला पारेको थियो।

दुर्घटनास्थल खोच र कठिन भौगोलिक अवस्थाका कारण शव जल्नुका साथै टुक्रिएर छरिएकाले सङ्कलन र उद्धारका लागि विपद् व्यवस्थापनसँग सम्बन्धित विशेष फौज परिचालन गरिएको थियो।

-रासस


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन