fbpx

यमनको हुथी लडाकू समूहले साउदी अरब नेतृत्वको सैन्य गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । यमनको हुथी लडाकू समूहले सरकारी सेना र साउदी अरब नेतृत्वको सैन्य गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ ।

जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै हुथी लडाकु समूहले पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको हो ।

हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भूभाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको बताउनुभएकाे छ । हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि तत्परताको संकेत भएको उहाँको भनाइ छ ।

यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो संख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि पुनः युद्धको खतरा बढेको समाचार एजेन्सी सिन्हुवाले जनाएको छ । त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धन समर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन् ।

यमनी सेनाको छैटौं क्षेत्रीय सैन्य कमाण्डका चिफ अफ स्टाफ मोहम्मद बिन रसियाहले हुथी विद्रोहीको ‘अकर्मण्यता’ र लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले चालिएका कदमहरूको प्रतिवाद गर्न व्यापक तयारी गरिएको बताउनुभएकाे छ ।

शनिबार यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्धको तयारी बढाएको बताएका थिए ।

विशाल सैन्य परेडमा हुथी विद्रोहीको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको थियो । उसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो । पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो ।

उनीहरूबीच सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्ष छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका छैनन् ।

एजेन्सी


काठमाडौं

बिहिबार, कार्तिक १५, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

सरकारलाई गगनको सुझाव : धनराज गुरुङ र एमाले सांसद...

रविको हिरासत बसाइ : छुट्टै कोठा, भेटघाटका लागि चारघण्टा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक