पोखरा । ११औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय पोखराले उत्कृष्ट करदातालाई सम्मान गरेको छ । बुधबार भएको कार्यक्रममा पोखराका उद्योगी, व्यवसायीलाई सम्मान गरिएको छ । सबै भन्दा बढी कर बुझाउने सफल यार्सा ल्याब्स प्रा.लि.लाई राजस्व कार्यालय पोखराले सम्मान गरिएको हो ।
२०१६ मा स्थापित यार्सा ल्याब्स प्रा.लि. विगत आधा दशकदेखि मोबाईल गेम्स र मोबाइल एप्लिकेसन बनाउने कार्यमा आवद्ध रहेको छ । उक्त कम्पनिको लुडो गेम एप्लिकेसनले गत महिना आफ्नो 100 Million डाउनलोड पार गरेर रेकर्ड कायम गरेको थियो । अन्य चर्चित गेम तथा एप्लिकेसनमा Photo Maker, Callbreak, Rummy आदि रहेका छन् ।

यार्सा ल्याब्स प्रा.लि.ले बनाएको Driving School and Parking एप्लिकेसन सवारी चालक अनुमति पत्रको आवेदन दिएकाहरु माझ निकै चर्चित छ । यस गेमिङ एप्लिकेसनमा लिखित परिक्षाको लागि प्रश्न पत्रको नमुना र बस, कार, मोटरसाइकल र स्कुटरको ट्रायल अभ्यास पनि गर्न सकिन्छ ।
मोबाईल गेमिङ तथा एप्लिकेसनमा मात्र सिमित नरहि अन्य क्षेत्रमा पनि आवद्ध रहेको यार्सा ल्याब्सले विद्युतिय र यन्त्रिक उपकरण बनाउने कम्पनी यार्सा टेक, नेपाली व्यवसायीहरुको व्यापारिक नेटवर्क यार्सा बजार, बीमा क्षेत्रलाई आद्युनिकिकरण गर्ने सस्तो बीमा जस्ता योजनाहरु छिटै बजारमा ल्याउने तयारी गर्दैछ ।
