यसपटक रुकुमपूर्वबाट बहुमूल्य यार्सागुम्बा २० किलो निकासी

author

समाचारपाटी

१0 महिना अगाडि

रुकुमपूर्व । यसपटक रुकुमपूर्वबाट बहुमूल्य यार्सागुम्बागुम्बा २० किलो निकासी भएको छ। यसपटक रुकुमपूर्वबाट मात्रै २० किलो यार्सागुम्बा निकालिएको हो। यार्सागुम्बा सङ्कलन हरेक वर्षको जेठ र असार महिनामा गर्ने गरिन्छ।

सङ्कलन भएको यार्सागुम्बा जिल्लाबाट निकासी भइसकेको डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्रसिंह खड्काले बताउनुभएकाे छ। व्यापारीले सङ्कलनका लागि २० किलोको सङ्कलन पुर्जी लिएकोमा बिक्रीको लागि छोडपुर्जी पनि २० किलोकै लगेको खड्काले बताउनुभयाे। यार्सागुम्बा सङ्कलन बापत व्यापारीबाट प्रति किलो सरकारलाई राजस्व ३१ हजार रुपैयाँको दरले लिइएको प्रमुख खड्काको भनाइ छ।

बिस किलो यार्सागुम्बा संकलनबाट ६ लाख २० हजार रुपैयाँ राजस्वसमेत उठेको छ। यस वर्ष भने गत वर्षको तुलनामा यार्सागुम्बाले मूल्य नपाएको पुथाउत्तरगङ्गा गाउँपालिका–१ मैकोटका यार्सागुम्बा व्यापारी विरेन्द्र बुढामगरले बताउनुभयाे। यार्सागुम्बा सङ्कलन गर्ने क्रममा खरिद मूल्य बढेको तर सङ्कलनपछि हाल बिक्रीको लागि मूल्य घटेको उहाँको भनाइ छ।

बुकी पाटनमै यार्सागुम्बा खरिद गर्दा प्रति वटा आठ सयदेखि एक हजार आठसम्मको मूल्यमा यार्सागुम्बा खरिद हुने गरेको छ। गत वर्ष यार्सागुम्बा खरिद गर्दा प्रति वटा एक हजार पाँच सय रुपैयाँसम्म मूल्य गएको थियो।

औषधिजन्य गुण रहेको यार्सागुम्बागुम्बा एक बहुमूल्य जडिबुटी हो। यार्सागुम्बागुम्बा बजारमा यसको आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो ठूलो राष्ट्र हो। यार्सागुम्बागुम्बाको प्रमुख बजार चीन हो। राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा यसको उच्च मूल्य तथा अधिक मागका कारण विगत केही वर्षयता नेपालमा पनि यसको संकलन एवम् विक्री वितरण कार्यमा हिमाली जिल्लाका बासिन्दाहरू निकै आकर्षित हुने गरेका छन्।

आव २০७০र७१ मा नेपालका एघार जिल्लाहरूमा गरी ४ अर्ब ९२ करोडको यार्सागुम्बागुम्बाको संकलन गरिएको अनुमान छ। एक अध्ययनले हिमाली तथा उच्च पहाडी भेगका गरिब तथा पिछडिएका जनताको आयआर्जन वृद्धि तथा रोजगारीका अवसरहरू सिर्जना गर्न यार्सागुम्बागुम्बाको संकलन एवम् विक्री वितरणले योगदान पुर्याएको देखाउँछ। साथै पर्यटन, होटल, बैकिङ र वित्तीय सेवा जस्ता आर्थिक क्रियाकलापमा समेत यसले गतिशीलता प्रदान गर्नका साथै नेपालका हिमाली क्षेत्रका आर्थिक गतिविधिको मौद्रिकीकरण गर्न सकारात्मक भूमिका खेलेको देखिन्छ।


काठमाडौं

शुक्रबार, जेष्ठ ३१, २०८२

२१.५१°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

रिटर्नीहरूलाई राज्यले आवश्यक सम्मान र सहयोग गर्न सकेनः पुष्पकमल...

प्रतिपक्षीहरुको कारण अवरुद्ध संसद उनीहरुकै कारण सुचारु हुन्छः महेश...

समाजवाद घोषणा गर्ने बेला भयो, अब ढिला गर्नुहुँदैनः वामदेव...

स्टेडियमसहितको क्रिकेट मैदान निर्माणसँगै नेपालको क्रिकेटलाई माथिल्लो स्तरमा उठाउँछः...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन