fbpx

अर्जेन्टिनाविरुद्ध साउदीको २-१ को अग्रता

author

समाचारपाटी

२ years अगाडि

दोहा । कतारमा जारी विश्वकपको समूह ‘सी’अन्तर्गत मंगलबार जारी खेलको दोस्रो हाफमा अर्जेन्टिनाविरुद्ध साउदी अरबले २-१ को अग्रता लिएको छ ।

दोहास्थित लुसेल रंगशालामा साउदीका सले अलशेहेरीले गोल बराबरी गोल फर्काए । फेरेस अलब्रिकानले दिएको पासलाई उनले १८ यार्ड बक्स अगाडिबाट प्रहार गर्दै गोलमा परिणत गरेका हुन्। त्यसको ५ मिनेट नबित्दै सलीन अलदावासरीले अर्को गोल गरे ।

आठौं मिनेटमा लियान्ड्रो पेरेडेसमाथि साउदीका खेलाडीले १८ यार्ड बक्समा फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टीबाट अग्रता लिने मौका पाएको थियो। सोही पेनाल्टीको सदुपयोग गर्दै कप्तान लियोनेल मेसीले अग्रता दिलाएका थिए ।

साउदीविरुद्ध १०औं मिनेटमा गोल गरेका मेसी अर्जेन्टिनाबाट विश्वकपमा गोल गर्ने दोस्रो पाको खेलाडी बनेका छन्।

सबैभन्दा पाका खेलाडी मार्टिन पालेर्मो हुन्। उनले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा ग्रीसविरुद्ध ३६ वर्ष र दुई सय २७ दिनमा गोल गरेका थिए।

मेसीले आज ३५ वर्ष र एक सय ५१ दिनमा गोल गरेका हुन्। मेसीले २२औं मिनेटमा गरेको गोल अफसाइडका कारण रद्द भएको थियो।

एसियाली मुलुकमाथि निरन्तर आक्रमणका मौका बनाएको अर्जेन्टिनाका लागि २८औं मिनेटमा लौटारो मार्टिनेजले गरेको गोल पनि अफसाइडकै कारण रद्द भयो।

दक्षिण अमेरिकी महारथीविरुद्ध संघर्षरत साउदीले भने फ्रेममा कुनै प्रहार गर्न सकेन।

source:-onlinekhabar


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन