fbpx

विश्वकप फुटबल:- फिफा काे आम्दानी कति ?

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । कतार विश्वकपमा पनि पुरानै विजेता दोहोरिने भएका छन्। सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्।

यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। फ्रान्स सन् १९९८ र २०१८ को विजेता हो। यसैगरी अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी उचालेको थियो।

कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।

फिफाको आम्दानी कति ?

कतार विश्वकपबाट विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई ४।६ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट प्राप्त गर्ने जनाइएको छ।

फिफाले टेलिभिजन प्रसारणको अधिकार बिक्रीबाट कुल आम्दानीको ५६ प्रतिशत अर्थात् झन्डै २।७ अर्ब डलर कमाउने जनाइएको छ। यस्तै २९ प्रतिशत अर्थात् १।३ अर्ब डलर विज्ञापनबापतबाट कमाउनेछ। यस्तै टिकट बिक्रीलगायतबाट करिब ६ सय ७५ मिलियन डलर आम्दानी गर्नेछ।


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...