fbpx

कसले जित्ला विश्वकपको गोल्डेन ग्लोभ्स

author

समाचारपाटी

२ years अगाडि

फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् ।

सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो ।

फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् । गोलकिपरको प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ ।

जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने होडमा अगाडि छन् ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पुर्‍याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे ।

यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने चासो बढेको छ । क्रोएसियाका लिभाकोभिचले नकआउट चरणमा दुई पेनाल्टीसुटआउटमा क्रोएसियालाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । उनले जापानविरुद्ध तीन र ब्राजिलविरुद्ध एक पेनाल्टी बचाएका थिए ।

यस्तै बोनो र मराटिनेजले पनि एक पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले दुई(दुई पेनाल्टी रोकेका थिए । फ्रान्सका ह्युगो लोरिसले भने खेलका दौरान पनि केही राम्रा बचाउ गर्दै आएका छन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । अर्जेन्टिना र फ्रान्स आइतबार उपाधिका लागि खेल्दैछन् ।

पछिल्लो पटक २०१८ मा बेल्जियमका थिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए । जर्मनीका ओलिभर काहन फिफा विश्वकपमा एकै संस्करणमा गोल्डेन बल र गोल्डेन ग्लोभ्स जित्ने एक्लो गोलकिपर हुन् ।

यी हुन् अहिलेसम्मका विजेता

१९९४ – मिचेल प्रिउड होम (बेल्जियम)
१९९८ – फाबियन बार्थेज (फ्रान्स)
२००२ – ओलिभर कहान (जर्मनी)
२००६ – जियानलुजी बफोन (इटली)
२०१० – इकर कालिलास (स्पेन)
२०१४ –मानुएल नोएर (जर्मनी)
२०१८ – थिबाउट कोर्तवा (बेल्जियम)

source:-onlinekhabar


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर