fbpx

आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै

author

समाचारपाटी

१ year अगाडि

दोहा । कतारमा जारी फिफा विश्वकपको सेमिफाइनलमा मंगलबार राति अर्जेन्टिना र साविक उपविजेता क्रोएसिया आमनेसामने हुँदैछन्। चार वर्षअघिको फाइनलिस्ट क्रोएसिया फेरि एक पटक फाइनल यात्रा तय गर्न चाहन्छ। ज्लाट्को डालिचको टिम चार वर्षअघि रुसको लुजनिकी रंगशालामा फ्रान्ससँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो। फ्रान्स यसपाली पनि अन्तिम चारमा पुगिसकेको छ। बुधबार राति मोरक्कोसँग फाइनल प्रवेशका लागि खेल्ने तयारी गरिरहेको छ।

विश्वकप सुरु हुनुअघि क्रोएसियालाई दाबेदारको रूपमा हेरिएको थिएन। समूह चरणमा पनि प्रभावशाली प्रदर्शन गर्न नसकेको क्रोएसिया प्रतियोगिता अगाडि बढ्दै जाँदा सुधारोन्मुख बन्दै आइरहेको छ। अन्तिम क्वार्टरफाइनल प्रवेशका लागि पाँच पटकको विजेता ब्राजिललाई टाइब्रेकरमा पराजित गर्दै क्रोएसियाले तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएसँगै बलियो दाबेदारी प्रस्तुत गरेको छ।

अहिले क्रोएसिया र फाइनलबीच लियोनेल मेसीको अर्जेन्टिना उभिएको छ। जारी विश्वकपको दावेदार मानिएको दक्षिण अमेरिकी टोलीलाई पराजित गर्न सके मात्रै लुका मोड्रिचको टिमले फाइनलमा स्थान बनाउने छ। अर्जेन्टिनालाई हराउन सके दक्षिण अमेरिकी दुई महारथिलाई लगातार विश्वकपबाट बाहिर निकाल्ने १२ वर्षमा पहिलो युरोपियन टिम क्रोएसिया बन्नेछ। यसअघि सन् २०१४ मा जर्मनीले सेमिफाइनलमा ब्राजिल र फाइनलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो। प्रिक्वार्टरफाइनलमा ब्राजिलका प्रमुख अट्याकर राफिन्हा र एन्टोनीलाई चुप राखेका क्रोएसियन लेफ्ट ब्याक बोर्ना सोसा आफ्नो टिम अगाडि जानेमा विश्वस्त छन्।


काठमाडौं

मङ्लबार, बैशाख ४, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘सारंग’ निर्माण हुने

सुजाता र अमृतको नयाँ लोकदोहोरी ‘आलुतामाले’ सार्वजनिक

देव बोहराको शब्द तथा लय सिर्जनामा  “नहसाउ शत्रु ”...

पोखरामा डिग्री माइलाको प्रेसमिट, सिनेमाबाट आशावादी निर्माणपक्ष

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन