fbpx

दक्षिण अफ्रिका विश्वकपमा छनोट,जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको लाग्याे टुङ्गो

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । आगामी सेप्टेम्बरमा भारतमा हुने वानडे विश्वकपका लागि जुन जुलाईमा जिम्बावेमा छनोट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जहाँबाट शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् ।

आईसीसी क्रिकेट विश्वकप सुपर लिगको अन्तिम शृंखलाको पहिलो खेलमा बंगलादेश र आयरल्याण्डबीचको खेल वर्षाले प्रभावित हुँदा नतिजाविहीन बनेपछि आयरल्याण्डले अब विश्वकप छनोट खेल्नुपर्ने भएको छ । यसको फाइदा दक्षिण अफ्रिकालाई भएको छ र दक्षिण अफ्रिकाले सुपर लिगको शीर्ष आठमा रहेर सीधै विश्वकपमा स्थान पक्का गरेको छ ।

१३ टोली सम्मिलित सुपर लिगमा आयोजक भारतसहित शीर्ष आठ टोलीले विश्वकपमा स्थान बनाएका हुन् । पुछारका पाँच टोलीले भने अब जिम्बावेले १० टोली सम्मिलिति छनोट प्रतियोगिता खेल्नुपर्नेछ ।

बंगलादेशसँगको खेल नतिजाविहीन बनेपछि आयरल्याण्डको ७३ अंक छ र ११औं स्थानमा छ । आयरल्याण्डले अब बाँकी दुई खेल जिते पनि आठौं स्थानमा रहेको दक्षिण अफ्रिकालाई भेट्ने छैन । दक्षिण अफ्रिकाको ९८ अंक छ । यदि आयरल्याण्डले बंगलादेशलाई सबै तीन खेलमा हराएर नेट रनरेटमा सुधार गरेको भए विश्वकपमा पुग्ने सम्भावना कायम थियो । तर अब त्यो सम्भावना टरेको छ ।

यी हुन् विश्वकप छनोट खेल्ने १० टोली

जिम्बावेले आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । जहाँ ४ टेष्ट राष्ट्र वेष्ट इन्डिज, श्रीलंका, आयोजक जिम्बावे र आयरल्याण्डसँगै ६ एशोसिएट टोली छन् । चार टेष्ट राष्ट्रसहित सुपर लिग खेलेको नेदरल्याण्ड्स सुपर लिगको अन्तिम पाँच स्थानमा रहेपछि विश्वकप छनोटमा आइपुगेको हो ।

यस्तै स्कटल्याण्ड, ओमान र नेपालले क्रिकेट विश्वकप लिग टु कोशीर्ष तीन स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका थिए । यस क्रममा नेपालले अन्तिम १२ मध्ये ११ खेलमा जित निकाल्दै सनसनीरुपमा शीर्ष तीनमा स्थान बनाएको थियो ।

यस्तै अमेरिका र यूएईले क्वालिफायर प्लेअफमा शीर्ष दुई स्थानमा रहेर विश्वकप छनोटमा स्थान बनाएका हुन् । अब यी १० टोलीबीच फाइनल पुग्ने दुई टोली भारतमा हुने वान डे विश्वकपको टिकट काट्नेछ ।

नेपाललगायत एसोसिएट राष्ट्रहरु ठूला टेष्ट टोलीसँग विश्वकप छनोट खेल्न उत्साहित छन् । जहाँ एशोसिएट टोलीले कम्तीमा पनि दुई टेष्ट टोलीविरुद्ध खेल्न पाउनेछन् । आईसीसीले समूह विभाजन गरेपछि कसले कुन टिमसँग खेल्ने टुङ्गो लाग्नेछ ।

विश्वकप छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूह चरणको खेलपछि दुवै समूहको शीर्ष तीन स्थानमा रहने तीनरतीन गरी ६ टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष दुई टोली फाइनल पुग्नदै विश्वकपमा छनोट हुनेछन् ।

onlinekhabar


काठमाडौं

आइतवार, असार ३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन