fbpx

विश्व सिमसार दिवस २०२५ः फेवाताल किनारमा सिमसार संरक्षण फोटो प्रदर्शनी हुँदै

author

समाचारपाटी

२ महिना अगाडि

पोखरा । विश्व सिमसार दिवस २०२५ को अवसरमा फेवाताल किनार क्याम्पिङचोकमा आइतबार सिमसार संरक्षण फोटो प्रदर्शनी हुने भएको छ । पत्रकार कृष्णमणि बरालले विगत २० वर्ष भन्दा पहिले देखि खिचेका फेवाताल र पोखराका ९ वटै तालको विभिन्न अवस्था झल्कने फोटो प्रदर्शनी हुन लागेको हो ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा हुने फोटो प्रदर्शनीमा फेवाताल कसरी मुहानबाट पुरिदै छ भन्ने देखिने २० वर्ष अघि र अहिलेको तस्बिर पनि समावेश हुने छ ।

ताल कसरी पुरिदै छ र कसरी प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने जानकारी गराउदै संरक्षणमा लाग्न सचेत गराउने उद्देश्यले फोटो प्रदर्शनीको आयोजना गरिएको आयोजक राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपाल र सामुदायिक सेवा केन्द्र एवंम् सामुदायिक प्रहरीसेवा बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले बताउनुभयाे । हाम्रा बानीले ताल कसरी प्रदूषणको चपेटामा पर्दै गएको भन्ने दृश्य पनि फोटो प्रदर्शनीमा समेटिने आयोजकले बताउनुभएकाे छ ।

पत्रकार कृष्णमणि बरालले विगत १६ वर्ष अघि देखि गिद्ध र सिमसार संरक्षणका लागि संरक्षण फोटो प्रदर्शनी गर्दे आउनुभएकाे छ । यही निरन्तरताको क्रममा विश्व सिमसार दिवसको अवसरमा मानवीय व्यवहारका कारण पोखराका तालहरु कसरी प्रदूषणको चपेटामा परेका छन् भन्ने सचेत गराउन फोटो प्रदर्शनीको आयोजना गरिएको पत्रकार बरालले बताउनुभयाे । यस वर्षको नारा हाम्रो साझा भविश्वकालागि सिमसार संरक्षण रहेको छ ।

सबै सजिव प्राणीका लागि नभैनहुने पानीका स्रोतहरु सुक्दै र प्रदूषणको चपेटामा पर्दै गएका छन् । भोलि पानीको अभावमा काकाकुल हुने अवस्था आउन नदिन अहिले देखि पानीका स्रोतहरु, खोला, नदी, ताल, तलैया सुक्न र प्रदूषणको चपेटामा पर्न नदिन संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन फोटो प्रदर्शनीको आयोजना गरिएको पनि उहाँले बताउनुभयाे । पोखराका ९ तालहरु २०७२ माघ २० गते अन्तर्राष्ट्रिय महत्वको सिमसार सूचीमा सूचीकृत भएका छन् । पोखराका तालहरु अन्तर्राष्ट्रियकरण गरिए पनि संरक्षणमा नागरिक र तीन तहकै सरकारले चासो नदिदा प्रदूषणको चपेटामा परेका छन् । देशकै दोस्रो ठूलो ताल फेवा प्रत्येक वर्ष साँगुरिदै पनि गएको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...