fbpx

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सन् २०२२ को वार्षिक उपलब्धी सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधारका लागि सन् २०२२ मा गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको छ ।

 
शुक्रवार काठमाडौंमा एक कार्यक्रम गरी वल्र्ड भिजन इन्टरनेशनल नेपालले ग्रामिण शहरी क्षेत्रमा अतिजोखिममा रहेका बालबालिका र परिवारको जीवन सुधार गर्न प्रणाली सबलीकरण, सेवा प्रवाह, नवप्रवर्तन र समाधानका क्षेत्रमा सन् २०२२ मा हासिल गरेका उपलब्धिको रिपोर्ट सार्वजनिक गरेको हो । वल्र्ड भिजन नेपालले हेरक वर्ष बालबालिका र समुदायसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, संरक्षण र जीविकोपार्जन क्षेत्रमा गरेका उपल्बधी सार्वजनिक गर्ने गरेको छ ।

वल्र्ड भिजन नेपालले सन् २०२२ मा दीर्घकालिन कार्यक्रम तथा कोभिड १९ प्रतिकार्यमार्फत ७ लाख ८५ हजार बालबालिका र वयस्कहरुको जीवनमा प्रभाव पारेको बताएको छ । वल्र्ड भिजन नेपालको सन् २०२२ मा १४ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री कक्षाकोठा र ११ वटा बालमैत्री,लैङ्गिकमैत्री र अपाङ्गमैत्री शौचालय र ३ वटा खानेपानी आयोजना निर्माण गरी विद्यालय सुरक्षालाई सुदृढीकरण गर्ने काम गरेको जानकारी दिएको छ ।

वल्र्ड भिजन नेपालका फिल्ड अप्रेशन निर्देशक अनुप राणाले जीविकोपार्जन कार्यक्रमले समुदायका ४० प्रतिशत घरधुरीलाई राष्ट्रिय औसतभन्दा बढी आम्दानी गर्नसक्ने बनाई गरिबीबाट माथि उकास्न मद्दत गरिएको बताउनु भयो । उहाँले वल्र्ड भिजन यस्तो कार्यक्रम लिएर १९,५६६ घरधुरीमा पुगेको भन्दै तीमध्ये ११,९६१ घरधुरीले आयव्ययको योजना तयार पार्ने र उनीहरुको मासिक औसत वचत १,३६७ रहेको बताउनु भयो ।

उहाँले ५१ वटा स्वास्थ्य संस्थालाई मातृ तथा नवजात शिशु स्वास्थ्य र किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण सहयोग गरिएको बताउनु भयो । उहाँले बाल संरक्षणमा वडा तथा पालिका तहका ७२ मध्ये ६४ वटा बाल संरक्षण समितिसँग सहकार्य गरी बाल संरक्षण गर्न आवश्यक नीति बनाउन सहयोग गरिएको बताउनु भयो । राणाले ३५ स्थानीय सरकारले रिपोर्टिङ संयन्त्र बनाउँदा स्थानीय बाल संरक्षणसँग सम्बन्धित घटनाबिरुद्ध प्रतिकार्य शतप्रतिशतमा आएको बताउनु भयो ।

उहाँले वल्र्ड भिजनले कर्णालीका जुम्ला,मुगु र कालिकोट गरी ३ जिल्लाका ८ नगरपालिकामा पहिरोबाट प्रभावित १८,६९४ जनालाई सहयोग गरिएको बताउनु भयो । उहाँले संघीय र प्रादेशिक तहमा बालबालिकाको सवालमा जम्मा २६ वटा नीति तथा निर्देशिका बनाउने काममा सहयोग गरिएको बताउनु भयो । राणाले ६ वडामा बालमैत्री स्थानीय शासन घोषणा सहयोग गरिएको पनि बताउनु भयो ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन