क्षयरोगका ४० प्रतिशत बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान, क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै

author

समाचारपाटी

१ महिना अगाडि

क्षयरोगका ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने अनुमान गरिएको छ । विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले  पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो । सम्मेलनमा बोल्दै केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले गत वर्ष पत्ता लागेका ४० हजार सात सय ७६ जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो । उहाँले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको तथ्यांक रहेको समेत जानकारी दिनुभयो । उहाँले उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीहरुको खोजि गर्न केन्द्रले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनु भयो । क्षयरोगी बिरामीहरुमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताउनु भयो । तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकाहरुमा समेत क्षयरोगको संत्रलमण बढ्दै गएको छ । क्षयरोग बिरामीहरुमा १४ वर्षमुनिका बालबालिकाहरु ८.६ प्रतिशत रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार सात सय ७६ बिरामीहरु पत्ता लगाएर औषधि उपचारमा लगाएका छौं । अन्तर्राष्ट्रिय तथ्यांकले ६८ हजार बिरामीहरु प्रतिवर्ष छन् भन्ने देखाएको छ । अझैपनि ४० प्रतिशत बिरामीहरु समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ । त्यस्ता बिरामीहरु पत्ता लगाउनको लागि हामीले विभिन्न क्रियाकलपाहरु गरिरहेका छौं । त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ ।’ 


क्षयरोग भए÷नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्नेक्रम समेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’