fbpx

आइटिएफ जे३० पोखरा टेनिस : आरव र शिवाली सिंगल्सतर्फको फाइनलमा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । जे३० पोखरा आइटिएफ वल्र्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा स्थान बनाएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताको पाँचौ दिन आफ्नो उत्कृष्ट लयलाई कायम गर्दै फाइनलमा स्थान पक्का गरेका हुन् । नेपाली खेलाडीहरुले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै गरेनन् उनीहरु उपाधि होडमा समेत स्थान पक्का गरे ।

ब्वाइज सिंगल्सतर्फ वरियतामा नं ३ समेत रहेका आरव सम्राट हाडाले अस्ट्रेलियाका उदाउँदा खेलाडी प्रतिक नविनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका छन् । फाइनलमा उनको भेट भारतीय खेलाडी आश्रब्य मेहरा संग हुने पक्का भएको छ । आश्रव्यले सेमीफाइनलमा चीनका सिउयुआन गुओलाई लाई ६–४, ६–४ ले पराजित गरे । आश्रब्य सर्किट १ का उपविजेता समेत् हुन् ।

यस्तै गल्र्स सिंगल्सतर्फ सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले शानदार खेल प्रदर्शन गर्दै भारतकी अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गरी फाइनलमा स्थान बनाइन् । शिवालीले फाइनलमा मंगोलियाकी मार्टा चोग्सोमजाभ संग भिड्ने भएकी छन् । सेमीफाइनलको खेल चलिरहँदा भारतकी माहिका खन्ना रिटायर्ड हर्ट हुँदै मैदान छोड्नु परेको थियो । उनी मैदान छोड्नु अघि मार्टा पहिलो सेटमा ४–० ले अघि थिइन् । ब्वाइज डबल्स फाइनल शुक्रबार ब्वाइज तथा गल्र्स डबल्सतर्फका फाइनल खेलहरु सम्पन्न भएका छन् ।

जसमा ब्वाइजतर्फ भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका आरव चावला र ओजस मेहलावतलाई ७–५, ६–२ ले पराजित गरे । यस्तै गल्र्स डबल्समा मार्टा चोग्सोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन) को जोडीले भारतीय जोडी दिशा बेहरा र अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गर्दै उपाधि जिते । कास्की जिल्ला टेनिस संघका अनुसार भोली (शनिबार) सिंगल्सतर्फका फाइनल खेलहरु बिहान साढे ९ बजे सुरू हुने छन् । भोली हुने समापन कार्यक्रममा बिजेता खेलाडीहरु लाई मेडल वितरण गरिने छ ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक