fbpx

विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको असरबारे छलफल

author

समाचारपाटी

१ year अगाडि

तेस्रो विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले श्रम क्षेत्रमा पारेको प्रभावका विषयमा छलफल भइरहेको छ । बिहीवारदेखि काठमाडौंमा शुरु भएको सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा पनि छलफल शुरु भएको हो । श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिने विश्व सामाजिक मञ्चको सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा श्रमिकका मुद्दाहरु, सामाजिक सुरक्षा, लैगिक, किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाइएको छ । सम्मेलनमा  श्रमजीवि, मजदुर र किसानको पक्षमा वातावरण बन्नुपर्ने पक्षमा नेपालले मत राख्ने अखिल नेपाल टे«ड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले बताउनु भयो । उहाँले  गरिखाने श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने सन्देश दिनको लागि सम्मेलन भइरहेकाले नेपालले पनि त्यही अनुसारको मुद्दाहरु उठाएको बताउनु भयो । नेपालमा श्रमजीवी वर्गहरुको संख्या धेरै रहेकाले मुख्य गरेर सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तन, महिला हिंसा र श्रमिका मुद्दाहरुलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो । उहाँले सम्मेलनमा उठेका मुद्दाले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले युवा,महिला,श्रमिक र जलवायु परिवर्तनका विषयमा कार्यक्रमहरु गरिरहेको बताउनु भयो । उहाँले टेड युनियन भित्र समान कामको समान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा छलफल चलिरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘यसको अर्थ गरिखाने श्रमजीवि वर्गको पक्षमा समाजवादी सोच भएकाहरुको विश्व सम्भव छ भन्ने एउटा सन्देश दिनको लागि सम्मेलन भइरहेको छ । यसले श्रमिकका मुद्दाहरु,सामाजिक सुरक्षा,लैगिक,किसान र जलवायु परिवर्तन लगायतका विषयहरु उठाएको छ । ठूला अर्थतन्त्र भएका देशहरुको दबाबमा रहेको देश हो । बढी श्रमजीवि गरिखाने मान्छेहरु छन् । श्रमजीवि मजदुर किसानको पक्षमा विश्व सम्मेलनले वातावरण बन्नुपर्छ । विश्वभर पुँजी थुपारेर बस्ने र बाँकीले आधा पेट खाएर बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भनेर अर्को विश्व सम्भव छ भन्ने सन्देश दिनको निम्ति विश्व सम्मेलन भइरहेको छ । जलवायु परिवर्तन,महिला र श्रमिकका मुद्दाहरु छन् । त्यसमा प्रत्यक्ष रुपमा श्रमजीवि वर्ग नै भिक्टिम भएको छ । यसले विश्वमा भएका सबै देशका सरकारहरुलाई दबाब सिर्जना गरेको छ । महासंघले सम्मेलनमा सामाजिक सुरक्षाका बारेमा कार्यक्रमहरु गरिरहेका छौं । त्यस्तै गरी जीफन्टले त्यस्ता मुद्दाहरुलाई उठाइरहेको छ । युवा,महिला,श्रमिक र जलवायु परिवर्तनका विषयमा जिफन्टले पनि गर्दैछ । अहिले फोरमहरु चलिरहेका छन् । लैंगिक सवालमा टेड युनियन भित्र समान कामको सम्मान ज्याला लगायत कार्यस्थलमा हुने महिला हिंसाको विषयमा पनि कार्यक्रमहरु चलिरहेका छन् । मुद्दाहरुका विषयमा कार्यक्रमहरुमार्फत छलफल भइरहेका छन् । सम्मेलनको अन्त्यसम्म जाँदा एउटा निष्कर्षमा पुग्छ । नेपाल सरकारको सवालमा सामाजिक सुरक्षा जब श्रमिकहरुको पक्षमा आयो भने नेपालमा नै बस्ने र श्रम गर्ने वातावरण सिर्जना हुन्छ । अहिले अमेरिका,चीन लगायतका देशहरुमा जान किन लालाहित हुन्छन भने त्यहाँ सामाजिक सुरक्षा राम्रो छ भनेर हो । नेपालमा सामाजिक सुरक्षा कार्यान्वयन गर । श्रमको सिर्जना नेपालभित्रै गर । नेपालमा नै युवाहरु रहन्छन् र नेपालको समृद्धि जान्छ । जलवायु परिवर्तनको कारण हिमालहरु पग्लने,पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिने समस्या छ । नेपालले यस्तो समस्या भोगिरहेकाले विश्व सामाजिक मञ्चले उठाएका कुराहरुलाई आत्मासाथ गर्नुपर्छ । नेपाल सरकारलाई सम्मेलनमा उठाएका मुद्दाहरुको ध्यानाकर्षण गर्छौं । सरकारलाई आग्रह गर्छौं । सम्मेलनले निकालेको निचोडलाई कार्यान्वयनको लागि दबाब दिन्छौं ।’

अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा श्रमिकहरुको पक्षमा भए मात्रै नेपालमा युवाहरु बस्ने र श्रम गर्ने वातावरण सिर्जना हुने बताउनु भयो । उहाँले विदेशी मुलुकमा सामाजिक सुरक्षा राम्रो भएकाले नेपालीहरु पनि विदेशमा जाने गरेको बताउनु भयो । उहाँले नेपाल सरकारले पनि सामाजिक सुरक्षा कार्यान्वयन गरी श्रमको सिर्जना नेपालभित्रै गर्न युवाहरुलाई मुलुकभित्रै रोक्न सक्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारण हिमालहरु पग्लने,पर्यटन क्षेत्रका श्रमिकको रोजगारी खोसिने समस्या देखिएकाले नेपालले विश्व सामाजिक मञ्चमा मुद्दालाई उठाएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल 


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...