fbpx

जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै विश्व सामाजिक मञ्च

author

समाचारपाटी

४ महिना अगाडि

जलवायु परिवर्तनको असर र सामाजिक न्यायको मुद्दा उठाउँदै काठमाडौंमा विश्व सामाजिक मञ्चको १६ औँ संस्करण शुरु भएको छ । 

अर्को विश्व सम्भव छ भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको विश्व सामाजिक मञ्चमा जलवायु परिवर्तनले नेपालजस्ता देशहरुमा पारेका प्रभावको सम्बन्धमा कुरा उठाइने बताइएको छ । जलवायु परिवर्तनले विश्वका सीमान्तकृत समुदाय र वर्गमा पारेको नकारात्मक असर बारे आवाज उठाइने बताइएको छ । जलवायु परिवर्तनमा नेपालको कुनै भुमिका नभएपनि असर भने धेरै भोग्नुपरेको भन्दै नेपालले भोगेको असरका बारेमा विश्व समुदायलाई जानकारी गराइने जनाइएको छ । त्यस्तै सामाजिक न्याय, मानव अधिकारको विषयलाई पनि मञ्चमा जोडदार रुपमा उठाइने क्रिडाक नेपालका निर्देशक गोविन्द शाहीले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो –‘जलवायु परिवर्तनले हामीजस्तो गरिब मुलुकमा पारेको प्रभावको बारेमा हामीले विश्वभर सन्देश पु¥याउन खोजिरहेका छौँ । विभिन्न संघ, संस्था मिलेर हामीले जलवायु परिवर्तन, सामाजिक न्याय र मानव अधिकारको प्रत्याभुति गर्नका लागि हामी जोडदार आवाज उठाउन चाहन्छौँ । यसको सन्देश यो संसारमा भएका सबै मान्छेहरुको अर्को विश्व सम्भव छ । धनि र गरिब बीचको खाडलको अन्त्य हुनुपर्छ र सामाजिक न्याय कायम हुनुपर्छ भन्ने यसको सन्देश हो ।’

सम्मेलनको १६ औँ संस्करणमा गरिबी, विभेद र पछाडी पारिएका वर्गहरुको असमानताका विरुद्धमा आवाज उठाइने गैरसरकारी संस्था महासंघका सचिव भवराज रेग्मीले बताउनु भयो । सममेलनबाट न्याय, समानता र विकासमा सबैको पहुँच हुनुपर्छ भन्ने कुराको सन्देश दिन खोजिएको बताउनु यो । उहाँले विश्वमा असमानता र विभेदका नीतिका कारण गरिब राष्ट्रहरु झनै गरिब हुँदै गइरहेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउने पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘सामाजिक अभियन्ताहरुको विश्वको अभियान हो । यसमा गरिबी, विभेद, पछाडी पारिएका वर्गहरुको असमानताको विरुद्धमा आवाज उठाउँछ । समानता, न्यायका लागि सबै मजदुर, किसान, कमैया, हलिया, गरिब, पछाडी परेका वर्ग, अधिकारकर्मीहरुको सहभागितामा विश्व सामाजिक मञ्च भइरहेको छ । यो के सन्देश दिन खोजिएको हो भन्दा खासगरि सामाजिक अभियानले न्याय, समानता र विकासमा सबैको पहुँच हुनुपर्छ र समानताको हिसावले न्यायोचित विकास हुनुपर्छ भन्ने मान्यता राख्छ । विश्वमा धनि राष्ट्रहरु धनि हुँदै जाने, पछाडी परेको वर्ग, गरिबीहरु अझ गरिब हुँदै जाने असमानता र विभेदका नितिहरु छन् । सरकारहरु मोटाइरहेका छन् । जनताहरु दुब्लाइरहेका छन् । यसका विरुद्धमा आवाज उठाउन खोजेको हो । नेपाल जलवायु परिवर्तनको हिसावले संकटमा छ, त्यो संकटको ठूलो राष्ट्रहरुले क्षतिपुर्ति दिनुपर्ने दिएका छैनन् । त्यसको माग गर्न चाहन्छौँ । आप्रवासनको अधिकारको लागि पनि हाम्रो माग रहेको छ ।’ 

जलवायु न्याय विज्ञ गीता पाण्डेले जलवायु परिवर्तनको मुद्दा न्यायको मुद्दा भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको मारमा परेका देशहरुको पक्षमा ऐक्यवद्धता जनाउनका लागि यो सम्मेलनमा सबैले सहभागिता जनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाललाई जलवायु परिवर्तनको असर न्युनिकरण गर्नका लागि ऋण नभएर अनुदानको वकालत गर्नुपर्ने बताउनुु भयो । 
उहाँले भन्नुभयो – ‘जलवायु परिवर्तनको मुद्दा न्यायको मुद्दा हो भनेर हामीले लामो समयदेखि आवाज उठाउँदै आएका छौँ । हामी ऐक्यवद्धता जनाउन उपस्थित भएका छौँ । जलवायु परिवर्तनको मारमा परेका देशहरुको पक्षमा एक्यवद्धता जनाएको हौँ । नेपालले मार व्यहोर्नुपरेको छ । जलवायुको सन्दर्भमा हामीलाई ऋण, होइन अनुदान चाहियो । जलवायु परिवर्तन गर्न हाम्रो कुनै हात नभएपनि असर भने धेरैभन्दा धेरै भोगेको छ ।’

सम्मेलनमा ९२ मुलुकका करिव ४० हजार मानिसहरुको सहभागिता रहने बताइएको छ । सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुने भएका छन् । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछुत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानून, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भुमिकाबारे छलफल हुने बताइएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार १३, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन