‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’

author

समाचारपाटी

२ years अगाडि

जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताउनु भयो । जिम्बाबेमा भएको छनोट खेलेर शुक्रवार स्वदेश फर्र्किएको नेपाली टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभएपनि केही खेलाडीहरूको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गर्नुभयो । 

भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बाबे पुगेको नेपाली क्रिकेट टोली दोस्रो चरण (सुपर सिक्स) मा नै स्थान बनाउन असफल रह्यो । सातौं स्थानका लागि भएको अन्तिम खेलमा पनि नेपाल टेस्ट राष्ट्र आयरल्यान्डसँग साँघुरो अन्तर पराजित हुन पुग्यो । छनोटमा आशाअनुरूपको नतिजा नआए पनि टेस्ट खेल्ने राष्ट्रबिरुद्ध खेल्दा धेरै कुरा सिक्ने अवसर मिलेको नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलको भनाइ छ । खेल अगाडि टेस्ट राष्ट्र जिम्बाबे र वेस्ट इण्डिजले कस्तो बलिङ र ब्याटिङ गर्छ भन्ने चासो रहेपनि उनीहरू र आफूहरूबीच अनुभवको मात्र फरक रहेको कप्तान पौडेलको बुझाइ छ । नेदरल्याण्ड्स विश्वकप छनोट हुनुले नेपाल जस्तो एसोसिएट राष्ट्रलाई हामी पनि गर्नसक्छौं भन्ने प्रोत्साहन मिलेको बतउनु भयो ।

नेपालका युवा अलराउण्डर गुलसन झाले टेस्ट राष्ट्र र आफूहरूबीच खासै फरक नरहेको उल्लेख गर्नुभयो । यद्यपि, उनीहरूको खेल शैली केही अनुशासित र अनुभवी रहेको उहाँको भनाइ छ । उनीहरूसँगको खेलपछि धेरै कुरा सिक्ने अवसर मिलेको गुलसनको विश्वास छ ।

विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेको नेपाली टोलीले कुल ६ खेल खेल्दा दुई नतिजा मात्र आफ्नो पक्षमा पारेको थियो । तीन वटा टेस्ट राष्ट्र जिम्बाबे, वेस्ट इण्डिज र आयरल्याण्डसँग नतिजा सुम्पिएको नेपालले विश्वकपमा छनोट भएको एक मात्र एशोसिएट राष्ट्र नेदरल्याण्डसँग पनि हार व्यहोरेको थियो । बाँकी दुई वटा एसोसिएट राष्ट्र संयुक्त अरब इमिरेट् (युएई) र अमेरिकासँग भने नेपालले जित निकाल्यो । नेपालले केही दिन आराम गरेपछि एसिसी इमर्जिङ टिम्स एशिया कप खेल्न श्रीलंका जानेछ । एशिया कपमा नेपाल भारत ‘ए’ र पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालको समूह ‘बी’ मा युएई पनि छ । जुलाई १४ मा पाकिस्तानबिरुद्धको खेलसँगै नेपालले एशिया कपको यात्रा थाल्नेछ । यद्यपि, उक्त खेलमा नेपाली टोलीका महत्वपूर्ण बलर सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी अनुपस्थित रहने कप्तान रोहित पौडेलले बताए ।


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन