काठमाडौं । युएईमा सोमबारबाट सुरु भएको विश्वकप लिग २ अन्तर्गतको नेपाल, पपुवा न्युगिनी पिएनजी तथा युएई बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनी विरुद्व टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ।
दुबई इन्टरनेसल क्रिकेट स्टेडियममा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
नेपालले टोलीमा घरेलु सिरिजका दौरानमा रहेको टिममा तीन परिवर्तन गरेको छ।नेपालका लागि प्रतिश जि।सीले राष्ट्रिय टिमबाट डेब्यु गर्दै छन्।
प्रतिशसँगै, गुलशन झा र आरिफ शेखले आज नेपालको प्लेइङ ११ मा पिएनजी विरुद्ध रहेका छन। सोमपाल कामीले प्रतिशलाई नेपालको ३७ औँ डेब्यु क्याप हस्तान्तरण गरेका थिए।
त्यस्तै, आरिफ शेख टिममा फिर्ता आएका छन्। उनी स्कटल्यान्ड र नामिबियाविरुद्ध खेलमा बिरामी हुँदा परेका थिएनन्।
आरिफले मौका पाउँदा सन्दीप जोरा बेन्चमा छन्। त्यस्तै, ललित नारायण राजवंशीको स्थानमा गुलशन झाले टिममा स्थान बनाएका छन।