विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता सुचारु

author

समाचारपाटी

२ महिना अगाडि

मुना न्यौपाने, काठमाण्डौँ । तेस्रो अन्तरविद्यालयस्तरीय विश्वकप फुटबल हाजिरी जवाफ प्रतियोगिता मङ्सिर
२६ गते सोमबारबाट सुचारु भएको छ । एन.के.सिंह मेमोरियल इङ्लिस प्रिपरेटरी माध्यमिक विद्यालय(इपिएस)द्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि नेपालका लागि कतारका राजदूत युसुफबिन मोहम्मद अल–हैलले गर्नुभयो ।

सो अवसरमा नेपालका फुटबल पदाधिकारी र खेलाडीहरूको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा २० वटा विद्यालयले सहभागि रहने र पाँच समूहमा विभाजित हुनेछन् । समूह ‘ए’मा विद्या संस्कार माध्यमिक विद्यालय, सैनिक आवासीय महाविद्यालय, पाठशाला नेपाल फाउन्डेसन, स्ट्याण्डर्ड को–एड स्कुल, समूह ‘बी’मा एभरेष्ट स्कुल, माउन्ट भ्युइङ्लिस स्कुल, निर्भाना एकेडेमी, भ्याली भ्यु इङ्लिस स्कुल, समूह ‘सी’मा आइडल मोडल स्कुल, ज्ञान निकेतन स्कुल, भानुभक्त मेमोरियल स्कुल, पुष्पसदन बोर्डिङ स्कुल, समूह ‘डी’मा ब्राइट फ्युचर स्कुल, अक्सिडेन्टल स्कुल, ग्यालेक्सी पब्लिक स्कुल समूह ‘ई’मा काठमाडौँ ग्लोबल स्कुल, बेबिलोन नेशनल स्कुल, मल्पी सिटी स्कुल र ह्वाइट फिल्ड सेकेन्डरी स्कुलको सहभागिता रहेको छ ।

प्रतियोगितामा विश्वकप फुटबलको इतिहास, सामान्य ज्ञान, समसामयिक, फुटबल खेल र खेलाडीसँग सम्बन्धित श्रव्य÷दृश्य, विश्वकप फुटबल २०२२ लगायत विषयसँग केन्द्रित भएर प्रतियोगिता इपिएस स्कुल परिसरमा सञ्चालन भैरहेको छ ।

विश्वकप फुटबल खेल र सोसँग सम्बन्धित विषयमा जानकारी गराउने र विद्यार्थी र विद्यालयका बिचमा आपसी सहकार्य र भाइचाराको सम्बन्ध अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको इपिएसकी प्रिन्सिपल प्रमिला सिंहले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्याप्टेन अनिलमान श्रेष्ठको सभापतित्वमा उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । समूह चरणको प्रतियोगिता सकिएपछि क्वाटर फाइनल,सेमिफाइनल र फाइनल चरणको प्रतियोगिता हुनेछ । मङ्सिर २६, २७ र २८ गते (सोमबार, मंगलबार र बुधबार) समूह चरण र क्वाटर फाइनलका प्रतियोगिता सम्पन्न हुनेछ । पुस १ गते शुक्रबार सेमीफाइनलको कार्यक्रम हुने र आगामी पुस ४ गते सोमबार फाइनल प्रतियोगिता हुनेछ ।

प्रतियोगिताबाट प्रथम, द्वितीय र तृतीय हुने समूहलाई विश्वकपअङ्कित टर्फी, मेडलसहित प्रमाणपत्र प्रदान गरिनुका साथै सर्वोकृष्ट हुने १ जनालाई बुद्ध एयरलाइन्सबाट माउन्टेण्ड फ्लाइङ टिकट प्रदान गर्ने कार्यक्रम संयोजक अनुप
मुखियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
राष्ट्रपति निर्वाचन फागुन २८ भित्रै गर्नुपर्छ, कुनै पनि हालतमा...
‘प्रत्यक्ष टिकटको कुरा उठ्दा सीता सुन्दासलाई एमालेकै कार्यकर्ताहरु भन्थे...
खानेपानी मन्त्री अब्दुल खानले गर्नुभयाे पदभार ग्रहण
कर्णाली प्रदेशसभाकी सभामुखले एमाले त्यागिन

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सर्ट मुभी ‘किन’सार्वजनिक
प्रदिप खड्काको नयाँ फिल्म ‘कामिनो’ को थिम पोस्टर सार्वजनीक
गायिका एन्जिला रेग्मी र गायक प्रकाश ढुंगानाको स्वरमा नयाँ...
केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्नमा...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, माघ १५, २०७९

८.८३°

-
Clear