विश्वकप क्रिकेट लिग २:-सन्दीप लामिछानेकाे तीन विकेट

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । सन्दीप लामिछानेको तीन विकेटप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा स्कटल्यान्डलाई ३० ओभरसम्म शान्त राखेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ३० ओभर सकिँदा ६ विकेट गुमाएर एक सय २८ रन बनाएको छ। स्टकल्यान्डले पाँचौं विकेटका लागि ४६ रनको साझेदारी गरे पनि ठूलो साझेदारी बनाउन संघर्षरत छ।

स्कटल्यान्डका ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड २२ तथा कप्तान रिची बेरिङटन १९ रन बनाएर आउट भएका छन्। यस्तै, टोमस म्याकिन्टोस १९ तथा विकेटकिपर ब्याटर दुई रन बनाएर आउट भएका छन्। त्यसबाहेक ब्रान्डोन म्याकमुलेनले २२ तथा क्रिस ग्रिएभ्सले १६ रन बनाएका छन्।

अहिले क्रिजमा माइकल लिस्क ९ तथा ज्याक हार्भिस सात रन बनाएर खेलिरहेका छन्। नेपालका लागि सन्दीपले आठ ओभरमा २३ रन खर्चेर सर्वाधिक तीन विकेट लिएका छन्। कुशल मल्ले दुई तथा कुशल भुर्तेलले एक विकेट लिएका छन्।

शृंखलामा यो दुवै टिमको दोस्रो खेल हो। नेपालले पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको थियो।

यस्तै, बुधबार स्कटल्यान्डले नामिबियाविरुद्ध १० विकेटको शानदार जित निकालेको थियो। त्यो जितसँगै स्कटल्यान्ड विश्वकप क्रिकेट लिग-२ च्याम्पियन बनिसकेको छ।

source:- annapurnapost


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान