‘विश्वकप खेल्ने इतिहास कोरेका स्याङ्जाका ३ महिला क्रिकेटरलाई भब्य स्वागत’

author

समाचारपाटी

८ महिना अगाडि

स्याङ्जा । युएईमा सञ्चालित एसिया छनोटको उपाधि बिजेता एवं सन् २०२५ मा मलेसियामा हुने विश्वकप खेल्ने इतिहास कोरेका मध्ये स्याङ्जामा ३ नेपाली महिला क्रिकेटरलाई शनिवार साँझ भब्य स्वागतका साथ गृहजिल्ला भित्र्याइएको छ। स्याङ्जा पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी र १३ का सीमाना के।सी र कुसुम गोदारलाई पोखरा विमानस्थलमा स्वागत एवं सम्मान गर्दै जिल्लामा ल्याइएको हो। आइसिसी महिला यू–१९ विश्वकपका लागि छनोट भएको नेपाली यू–१९ टोली बिहिवार साँझ मात्र स्वदेश फर्किएको थियो। शनिवार दिउँसो पोखरा विमानस्थल आइपुगेका ३ महिला क्रिकेटरलाई स्याङ्जा जिल्ला क्रिकेट संघसहित यहाँका खेलप्रेमी युवाहरूले मोटरसाइकल र्‍यालीसहित स्याङ्जा ल्याएका हुन्।

सो टोलीलाई स्याङ्जा जिल्ला क्रिकेट संघ, जिल्ला खेलकूद विकास समितिसहित राजमार्गमा पर्ने स्थानीयबासीले भब्य स्वागत, सम्मान, बधाइसहित आउँदो प्रतियोगिताको उपाधि विजेताको शुभकामना दिएका छन्।

गण्डकी प्रदेशबाट सहभागी भएका ४ जनामध्ये ३ जना क्रिकेट खेलाडी स्याङ्जा, पुतलीबजार नगरबासी हुन्। सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले जनवरी १८ देखि २ फेब्रुअरिसम्म मलेसियामा हुने विश्वकपमा स्थान पक्का गरेपछि महिला क्रिकेटका लागि स्याङ्जाले इतिहास रचेको संघका अध्यक्ष दिवाकर थापाले जानकारी दिनुभयाे।

युएईमा सञ्चालित एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो। छनोटमा नेपाल र युएईसहित कुवेत र थाइल्यान्डबीच प्रतियोगिता भएको थियो।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन