जलवायु परिवर्तनबिरुद्ध लड्न राजनैतिक नेतृत्व आवश्यक

author

समाचारपाटी

६ महिना अगाडि

विश्व जलवायु सम्मेलन (कोप २९ ) उपलब्धिमुलक हुन नसकेको भन्दै प्रतिनिधि सभाका सांसदहरुले रोष व्यक्त गरेका छन् ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले कोप २९ को समीक्षा गर्न आयोजना गरेको छलफलमा सांसदहरुले वन मन्त्रालयका कर्मचारीहरु माथि रोष प्रकट गरेका हुन् । वन मन्त्रालयका कर्मचारीहरुको कारणले कोप २९ भद्रगोल भएको टिप्पणी गरेका छन् । सार्वभौम संसदका सदस्यको भुमिकालाई नजरअन्दाज गरेको आरोप उनीहरुको छ । समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले कोप २९ जस्तो बिजोकको सहभागिता पहिला कहिल्यै नभएको टिप्पणी गर्नुभयो । राष्ट्रलाई विश्वसामु प्रतिनिधित्व गर्न राजनैतिक नेतृत्व नै आवश्यक रहेको बताउनु भयो । कोप २९ मा संसदीय समितिको प्रतिनिधित्व नगर्दा अपेक्षाकृत प्रतिफल हाँसिल हुन नसकेको तर्क गर्नुभयो । उहाँले वन मन्त्रालयका कर्मचारीहरुले सांसदहरुलाई केही नजान्ने, ज्ञान नभएको (गोज्याङ्ग्रे) जस्तो ठान्ने गरेको आरोप लगाउनु भयो । 


कोप सम्मेलनमा राजनैतिक नेतृत्वले खेल्नसक्ने भुमिकालाई समेत वन मन्त्रालयले आझेलमा पारेको बताउनु भयो । जलवायु सम्मेलन जस्ता सम्मेलनहरु निजी मामिला जस्तो व्यवहार हुन थालेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका असरबिरुद्ध देश आफैँले धेरै गर्नसक्ने अवस्था भएपनि मन्त्रालयले चासो नदिएको आरोप सांसद बलायरको छ । ठूलाठूला भौतिक संरचना बनउनुअघि गरिने वातावरणीय प्रभाव मूल्यांकनको रिपोर्टलाई वन मन्त्रालयले अनुगमन गर्न नसकेको बताउनु भयो । रिपोर्ट स्वीकृत गर्ने तर अनुगमन गर्न नजाने गरेको आरोप सांसद बलायरको छ । वन मन्त्रालयले समितिसँगको सहकार्य बिना काम गर्न नसक्ने भन्दै एक्लै हिँड्ने कोशिस नगर्न चेतावनी दिनुभयो । 


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.९८°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन