fbpx

वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप:-गौरिका र एलेक्सले बनाए नयाँ राष्ट्रिय कीर्तिमान

author

समाचारपाटी

४ महिना अगाडि

काठमाडौं । मित्र राष्ट्र कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जित हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् ।

गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा जापाजको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको ३१.४४ सेकेन्ड समयमा ०.६४ सेकेन्डले सुधार गर्दै ३०.८० सेकेन्डको नयाँ रेकर्ड स्थापित गरेकी हुन् ।

जलपरी उपनामले चिनिने गौरिकाको यो दोश्रो राष्ट्रिय कीर्तिमान हो । उनले १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी थिइन् ।

यस्तै सोही च्याम्पियनसिपमा सहभागिता जनाइरहेका एलेक्सजेन्डर शाहले पनि आफ्नो पुरानो राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

१०० मिटर फ्रिस्टायलमा एलेक्सले ५२.१७ सेकेन्डको समयको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरका हुन् । यसअघि एलेक्सले जापानको फुकुवाकामा भएको वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा ५२.९४ सेकेन्ड समयको राष्ट्रिय रेकर्ड राखेका थिए । अब नेपालको तर्फबाट एलेक्सले ५० मिटर फ्रिस्टायलमा शुक्रबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

onlinekhabar


काठमाडौं

आइतवार, असार १०, २०८१

२८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो