fbpx

‘पोखरामा खेलकुद र ध्यान’ विषयक कार्यशाला सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरामा आइतबार खेलकुद र ध्यान विषयक एक कार्यशाला सम्पन्न भएको छ । ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालको आयोजना, नेपाल भूतपूर्व खेलाडी मञ्चको समन्वय तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमा प्रमुख वक्ताका रुपमा आफ्ना भनाई राख्दै मास्टर श्री चिनमोइका पथ प्रदर्शक तथा ३१०० माइलका धावक प्रदिप होगाकरले खेलकुदमा ध्यान महत्वपूर्ण रहने बताउनुभयाे । उहाँले भन्नुभयाे–“मानवको सफल जिवनका लागि ध्यान जति आवश्यक छ । त्यती नै खेलकुदका लागि पनि । ध्यान मात्रै यस्तो चिज हो जहाँ बाट जिवनको उचाई प्राप्त हुन्छ र जित संगै खुसीयाली पनि ।”

ध्यान र साधनाका कारण ३१०० माइल जस्तो कठिन दौड समयमा पुरा गर्न सकेको तर्फ इगिंत गर्दै डच नागरिक समेत रहेका होगाकरले भन्नुभयाे –“खेलकुदमा जित आफू भित्र रहेको शक्तिले मात्रै पुरा हुन सक्दैन । यसका लागि अन्तरनिहित क्षमता
उजगार गर्न ध्यान र साधनाको भूमिका हुन्छ । जसले ध्यान गर्छ उसको जित निश्चित छ ।” सृजनात्मक रचना र समग्रताका लागि समेत ध्यानको आवश्य भएको उहाँको भनाई थियो ।

कार्यक्रममा गण्डकी विश्व विद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले खेलकुदमा ध्यान अहिलेको परिप्रेक्ष्यमा महत्वपूर्ण हुने बताउनुभयाे । उहाँले यस प्रकारको कार्यक्रमले जिवनलाई सुन्दर बनाउन र विश्वमा शान्ती स्थापनाका लागि उत्तिकै अपरिहार्य रहेको उल्लेख गर्नुभयाे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, ‘श्री चिनमोई ओननेस होम पिस रन’ नेपालकी संयोजक स्वेता प्रधान, मञ्चका महासचिव कृष्ण तिमिल्सिनालगायतले आफ्ना भनाई राख्नुभएकाे थियाे ।

सो कार्यक्रममा पोखरा महानगर पालिकाका कार्यबाहक मेयर मोतीराज तिम्सिना,पोखरा उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, विभिन्न धार्मिक केन्द्रका प्रमुखहरु,प्याब्सन, हिसान, एनप्याब्सन, युनिप्स कास्की, विभिन्न विद्यालयका विद्यार्थीहरु, पूर्व
खेलाडीहरु, खेलाडीहरु, प्रशिक्षकहरु लगायत विभिन्न संघ–संस्थाहरुका प्रतिनिधिहरु गरी १ सय ५० जनाको सहभागिता रहेको थियो ।


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन