श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन

author

समाचारपाटी

२ years अगाडि

श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको बिरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ । 
वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण कामदारहरु फर्काइरहेको भन्दै आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बिरोध प्रदर्शन गरेको हो । उनीहरुले अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले  व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जनबाट रोकेका कारण बिरोध गर्नुपरेको बताउनु भयो । उहाँले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले अध्यागमनले कामदारलाई विदेश जान नदिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनी समेत दिनुभयो । 

उहाँले भन्नुभयो, ‘कुवेत, जोर्डन लगायतका देशमा नेपाली दाजुभाई दिदिबहिनी गइरहनुभएको छ, उहाँहरुलाई बिना कारण अध्यागमनले फर्कायो, करिव १९० भन्दा बढीको संख्यामा फर्कासक्नुभएको छ । त्यहाँ ठूलो रुपमा टिकट काटिएको, खर्च गरिएको हुन्छ, सबै प्रक्रिया पुर्याएर जाँदा अन्तिममा उहाँहरुलाई फर्काइन्छ, दुःख दिइन्छ, त्यसको बिरुद्ध हामीले बिरोध गरेका हौँ । बिना कारण दुःख दिइएकोमा हाम्रो बिरोध हो । हामीले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छौँ, यदी अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजागारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ ।’

आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।  


काठमाडौं

शनिबार, जेष्ठ ११, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन