पक्की पुल निर्माण गर्न बजेट भएन, तमोर नदीमा काठको पुल

author

समाचारपाटी

२ years अगाडि

ताप्लेजुङ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा काठको पुल निर्माण गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको हो ।

गाउँपालिकाले गाडी सञ्चालन गर्न तमोर नदीमा दुई वटा काठका पुल निर्माण गरेको छ । सदरमुकाम फुङ्लिङबाट पालिका क्षेत्र पुग्ने सानो खोलामा पाँचवटा मोटरेबल पुल निर्माण तथा मर्मतसम्भार गरेको गाउँपालिकाले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिकाले चालु आर्थिक वर्षमा अस्थायीरुपमा काठको पुल निर्माण तथा मर्मतसम्भार गर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । विनियोजित बजेटबाट तमोर नदीमा काठेपुल निर्माण गरिएको छ भने अन्य पुल मर्मतसम्भार गर्ने योजना छ ।

फक्ताङ्लुङ भौगोलिकरुपमा विकट छ । तमोर नदीको दुवैतर्फ यो गाउँपालिका विभाजित छ । वडा नम्बर १ सावा दिन, वडा नम्बर २ खेजेनिम, वडा नम्बर ४ इखाबु र वडा नम्बर ६ लेलेप तमोर नदीको दायाँ भागमा पर्दछ । यस्तै वडा नम्बर ३ लिङखिम र वडा नम्बर ५ तापेथोक र वडा नम्बर ६ लेलेपका सेकाथुम र अन्य गाउँ तमोर नदीको बायाँ किनारामा पर्छन् । एक गाउँबाट अर्को गाउँ आवतजावत गर्न तमोर नदी तर्नुपर्दछ ।

अहिले प्रायः सबै वडा सडक सञ्जालले जोडिएका छन् । गाउँ–गाउँमा सडक सञ्जालले जोडिए पनि मोटरेबल पुलको अभावमा समस्या झेलिरहेका यहाँका बासिन्दाका लागि गाउँपालिकाले तमोर नदीमा अस्थायी काठको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणपछि अहिले गाउँ–गाउँमा यातायात सेवा पुगेको फक्ताङ्लुङ गाउँपालिका–१ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बूले बताउनुभयो ।

यसअघि पक्की मोटरेबल पुलको अभावमा स्थानीयवासी तमोर नदीको जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । पक्की मोटरेबल पुल निर्माण नभएसम्म गाउँपालिकाले विगत छ वर्षदेखि अस्थायी काठे मोटरेबल पुल निर्माण गरेर गाउँ–गाउँमा सवारीसाधन पुर्‍याउँदै आएको छ । अन्य ठाउँमा आवश्यतानुसार काठेपुल निर्माण गर्दै जाने लिम्बूले बताउनुभयो ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७७°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन