सुकुटेमा वागमती महिला बिच रग्बी प्रतियोगिता हुने

author

समाचारपाटी

२ हप्ता अगाडि

वागमती बिच रग्बी महिला प्रतियोगिता पहिलो संस्करण असारको दोस्रो साता हुने भएको छ । नेपाल रग्बी संघको आयोजना र बागमति प्रदेश रग्बी संघको व्यवस्थापनमा पहिलोपल्ट बिच रग्बी प्रतियोगिता हुन लागेको हो । सिन्धुपाल्चोकको सुकुटेबिचमा उक्त प्रतियोगिता हुने भएको छ । संघका प्रवक्ता तथा कोषाध्यक्ष दीपक अधिकारीका अनुसार प्रतियोगिता असार ८ र ९ गते (आइतबार र सोमवार) हुनेछन् । अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा यो प्रतियोगिता हुन लागेको हो । बागमति प्रदेश खेलकुद विकास परिषद् र राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा हुने प्रतियोगितामा कुल ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।


प्रतियोगितामा कर्णाली, वागमती र मधेस प्रदेशले सहभागिता जनाउनेछन् । राष्ट्रिय स्तरका गोर्खाली रग्बी क्लब, नेपाल महिला रग्बी क्लव र सिन्धुपाल्चोक रग्बी  क्लव गरी ६ महिला टिमले सहभागिता जनाउने छन् । हरेक टोलीमा कुल ६ खेलाडी रहने बागमती प्रदेश रग्बी संघकी अध्यक्ष बिनु खड्काले जानकारी दिइन् । एउटा टोलीबाट ५ जना खेलाडी मात्र प्रतिस्पर्धामा सहभागी गराउन पाउनेछन् । 

यो प्रतियोगिता सन्चालन गर्न १३ लाख रूपैयां खर्च लाग्नेछ । एशिया रग्बीको बिल्डिङ अ ग्रिनरी फ्युचर थ्रु रग्बी एन्ड सस्टेएबेलीटी अनुसार ए ट्राइ ए ट्री अनुरूप हरेक ट्राइबापत एक बिरूवा रोप्ने संघकी महिला विभाग प्रमुख एलिसा थापाले जानकारी दिइन् । —न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२२.८७°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ