fbpx

भारतमा हुन लागेको महिला आईपीएल क्रिकेटका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको छ ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पाँच खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयाे ।

‘वुमन्स प्रिमियर लिगमा सम्बन्धित देशको बोर्डले नै खेलाडीको नाम सिफारिस गरेर पठाएको हो । लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरुको लागि पनि कोटा रहेकोले हाम्रो खेलाडीहरुको लागि पनि यो राम्रो अवसर रहेको छ’, पाठकले भन्नुभयाे ।

लिगका लागि यही फेब्रुअरी १३ मा अक्सन हुँदैछ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सीईओ हेमाङ्ग अमिनका अनुसार अक्सनका लागि एक हजार ५०० खेलाडीको नाम रजिस्टर भएको र यसै साता अक्सनको लागि अन्तिम लिस्ट सार्वजनिक हुनेछ ।

अन्तिम लिस्टमा हुने खेलाडी अक्सनमा समावेश हुनेछन् । डब्लूपीएल आगामी मार्च ४ देखि २६ सम्म मुम्बईमा हुनेछ । जसमा ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । डबल राउण्ड रोविनका आधारमा हुने लिगमा कूल २२ खेल हुनेछ ।

लिगमा हरेक टिमले बढीमा १८ खेलाडी राख्न पाउनेछन् भने कम्तीमा १५ खेलाडी हुनुपर्नेछ । यस्तै एक टिमले ७ जना विदेशी खेलाडी राख्न पाउनेछन् र त्यसमा एक जना एसोसिएट राष्ट्रको अनिवार्य हुनुपर्नेछ । प्लेइङ ११ मा पनि एक जना विदेशी खेलाडी अनिवार्य खेलाउनुपर्नेछ ।

onlinekhabar


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन