fbpx

बंगलादेशसँगको सिरिज जितेर नेपाल फर्कियो महिला फुटबल टोली

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली महिला फुटबल टोली बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल सिरिज जितेर सोमवार स्वदेश फर्किएको छ । 
१९औं एसियाडको तयारी स्वरूप नेपालले महिला फुटबलमा दक्षिण एशियाको बलियो टोली बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त भ्रमणमा नेपालले पहिलो खेलमा १–१ बराबरीको नतिजा सामना गर्दा दोस्रो खेल टाइब्रेकरमाफत ४–२ गोलअन्तरले जित्दै सिरिजको ट्रफी उचाल्यो । दोस्रो खेलमा वैकल्पिक गोलकिपरका रूपमा मैदान प्रवेश गरेकी अञ्जना रानामगरले दुई पेनाल्टी बचाएपछि नेपालले रोमाञ्चक जित निकालेको थियो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले स्वागत गर्नुभएको थियो ।  


सोमवार स्वदेश फर्किएका नेपाली टोलीले पर्याप्त म्याच एक्सपोजर पाउन सकेमा एसियाडका लागि राम्रो तयारी हुने धारणा राखेका थिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले साफको च्याम्पियन टोलीबिरुद्ध आफ्नो टोलीले गरेको जुझारु प्रदर्शनले आगामी खेलमा नेपाली खेलाडीको आत्मबल बढाउने विश्वास व्यक्त गर्नुभयो । तुलनात्मक रूपमा नेपाली टोलीमा धेरै पक्ष सुधार आएको प्रशिक्षक थापाले बताउनु भयो । प्रशिक्षक थापाले टोलीमा अभैm पनि फिटनेसमा केही समस्या देखिएको बताउनु हुन्छ । त्यसका लागि उनीहरूलाई जतिसक्दा धेरैभन्दा धेरै म्याच एक्सपोजर दिन आवश्यक रहेको औंल्याउनु भयो । 

नेपाली महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बालेले एसियन गेम्समा बंगलादेशभन्दा कठिन प्रतिद्वन्दीहरू सामना गर्नुपर्ने भएकाले टोलीमा धेरै सुधार गर्नुपर्ने आश्यकता रहेको बताउनु भयो । उहाँले अझ पनि माथिल्लो स्तरको टोलीबिरुद्ध म्याच एक्सपोजर पाएमा एसियाडको तयारी राम्रो हुने विश्वाव व्यक्त गर्नुभयो ।  

नेपाली टोलीकी भरपर्दी स्ट्राइकर सावित्रा भण्डारीले पछिल्ला साफमा भएका गल्तीहरू कम गर्दा बंगलादेशबिरुद्ध जित सम्भव भएको बताउनु भयो । उनले एशियन गेम्स खेल्न पाउनु नै आफूहरूका लागि ठूलो अवसर भएपनि त्यो प्रतिष्पर्धाले गर्दा नेपालको वास्तविक खेलस्तर कस्तो रहेछ भन्ने प्रमाणित गर्ने धारणा राखिन् । 

नेपाली टोलीकी स्ट्राइकर सावित्राले पुरुष टिमको जस्तै युथ र सिनियर लेभलको लिग गरे महिला फुटबलको भविष्य राम्रो रहेको संकेत गर्नुभयो । साथै सिनियर टोलीको म्याच एक्सपोजर पनि उत्तिकै आवश्यक रहेको सावित्राले औंल्याउनु भयो ।  


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन